राष्ट्रिय युवा संघ गण्डकी प्रदेशको अध्यक्षमा लमजुङका रोशन तामाङ राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको चौथो बैठकले गण्डकी प्रदेश कमिटीको नयाँ जिम्मेवारी तोकेको छ। बैठकले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा प्रेम तामाङ (रोशन तामाङ) लाई चयन गरेको हो ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ का स्थायी बासिन्दा तामाङ हाल सदरमुकाम बेसीशहरमा बस्दै आएका छन्। यसअघि उनी गण्डकी प्रदेश कमिटीको उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए। संगठनमा लामो समयदेखि सक्रिय तामाङलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको हो।
बैठकले प्रदेश कमिटीको उपाध्यक्षमा तीर्थ शर्मा, सचिवमा किरण ढकाल, सहसचिवमा सन्तोष रेग्मी तथा कोषाध्यक्षमा अब्बु मियाँलाई जिम्मेवारी प्रदान गरेको जनाएको छ।
नवनियुक्त पदाधिकारीहरूलाई संगठनलाई थप सुदृढ, गतिशील र प्रभावकारी बनाउँदै युवामाझ संगठनको पहुँच विस्तार गर्ने जिम्मेवारी दिइएको राष्ट्रिय युवा संघ नेपालले जनाएको छ।






