• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले स्थानीयलाई नि:शुल्क बिजुली दिने

  •  नेपाल चौतारी
  • २०८३ असार १४, आईतवार ०७:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लमजुङ । संघीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि पाँच प्रतिशत विद्युत्मा कर लगाउने तयारी गरेका बेला यहाँ मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मर्स्याङ्दी गाउँपालिकाले भने स्थानीयलाई मासिक नि:शुल्क बिजुली उपलब्ध गराउने भएको छ ।

    मर्स्याङ्दी गाउँपालिकाले पालिकाका स्थानीयलाई आगामी आवदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् नि:शुल्क दिने भएको हो । मर्स्याङ्दीले आगामी आवको नीति तथा कार्यक्रममा प्रत्येक घरलाई ५० युनिट विद्युत् नि:शुल्क प्रस्ताव गरेर २१औँ गाउँसभाले पारित गर्दै लागू गर्न लागेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार गाउँपालिकाले आगामी आवको नीति तथा कार्यक्रममा ‘जलविद्युतको आम्दानी, उज्यालो मर्स्याङ्दीमा लगानी’ कार्यक्रमअन्तर्गत उपभोक्ताले मासिक ५० युनिटसम्मको विद्युत् महसुल नि:शुल्क पाउने व्यवस्था गरेको हो । यसका लागि गाउँ सभा बाट रु. ५५ लाख बजेट विनियोजन गरिएको अध्यक्ष गुरुङले बताए ।

    गाउँपालिकाका अनुसार पालिकाका नौ वटै वडामा गरी चार हजार ४०९ घरपरिवार रहेका छन् । गाउँपालिकाले आगामी आवमा विद्युत् रोयल्टीबाट करिब रु. चार करोड आम्दानी हुने अनुमान गरेको छ । पालिकाभित्रका हाइड्रोपावरबाट आएको रोयल्टीमध्येबाट उक्त युनिटसम्मको बिजुली गाउँपालिकाले बिजुली महसुल तिर्ने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिए ।

    यस गाउँपालिकाभित्र ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनासहित आठ वटा विभिन्न आयोजनाबाट करिब १०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । बेँसी सहर नगरपालिकासँग जोडिने गरी ५० मेगावाटको मस्र्याङ्दीबेँसी जलविद्युत्लगायतका आयोजना निर्माणाधीन अवस्थामा छन् । उत्पादन बढेसँगै गाउँपालिकाको रोयल्टी आम्दानी पनि बढ्ने गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका अध्यक्ष गुरुङका स्वकीय सचिव तथा स्थानीय प्रदीप गुरुङले गाउँपालिकाले लागू गर्न लागेको स्थानीयलाई नि:शुल्क ५० युनिटसम्मको बिजुली गाउँपालिकाका ९० प्रतिशत नागरिकले सो युनिटभन्दा पनि कम बिजुली बाल्ने गरेको बताए । पालिकामा अधिकांश ग्रामीण क्षेत्र रहेकाले उद्योगधन्दा न्यून छ, बिजुलीको प्रयोग पनि कम हुँदा उक्त प्रतिशतका स्थानीयले सम्भवतः एक रुपैयाँ पनि महसुल खर्च गर्नु नपर्ने देखिएको उनको भनाइ छ ।

    हालसालै सम्पन्न मर्स्याङ्दी गाउँपालिकाको २१औँ गाउँ सभा बैठकले आव २०८३/८४ का लागि रु. ६८ करोड ७३ लाख १८ हजार ५०० को बजेट सार्वजनिक गरेको छ । यस गाउँपालिकामा १८ हजार ७५९ जनसङ्ख्या रहेको गाउँपालिकाले जनाएको छ । ५० युनिटसम्म बिजुली नि:शुल्क हुने भएपछि स्थानीय हर्षित भएका छन् ।

    Post Views: 59
    प्रकाशित मिति: २०८३ असार १४, आईतवार ०७:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.