• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सडकमा खाल्डोदेखि ७ दिनभित्र लाइसेन्स नदिए सरकारलाई नै कारबाही गर्ने कानुन बनाउन ज्ञानेन्द्र शाहीको प्रस्ताव

  •  नेपाल चौतारी
  • २०८३ असार १४, आईतवार १२:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागरिकलाई मात्र दण्डित गर्ने होइन काम नगरे सरकारलाई पनि कारबाही गर्नुपर्ने कानुन बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा उनले ट्राफिक नियम उल्लंघन गर्ने चालक र सवारीसाधनमाथि कारबाही स्वरुप गरिने जरिवानाको रकमको विषयलाई लिएर सदन र सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले नागरिकलाई मात्र होइन काम नगर्ने सरकार र ठेकेदारलाई पनि कारबाही गर्नुपर्ने भन्दै कानुन बनाउन माग गरे ।

    उनले सरकारलाई चौबिस घण्टाभित्र सडकको खाल्डो नपुरे एक लाख रुपैयाँ, बिग्रिएको ट्राफिक लाइट नबनाए एक लाख रुपैयाँ, ट्राफिक प्रहरीले रुखो व्यवहार गरे ५० हजार, राति सडकमा बत्ती बिग्रिए ५० हजार, ट्रायल पास गरेको ७ दिनभित्र लाइसेन्स उपलब्ध नगराए ५० हजार, सडकको खाल्डोसहितको अवस्थाका कारण सवारीसाधन दुर्घटनामा परे सम्बन्धित निकाय र ठेकेदारलाई ज्यान मार्ने उद्योगमा कारबाही गर्ने कानुन बनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

    ‘नागरिकले आज ट्राफिक नियम उल्लंघन गर्दा १ लाख रुपैयाँसम्म जरिवाना तिर्न सक्छन् भने त्यो त तिर्नुपर्छ भन्छु म। तर राज्य जिम्मेवार हुने कि नहुने? राज्यले जे गरे पनि हुने? यो सरकारलाई अपिल गर्न के चाहन्छु भने हामी अलिकति फरक ढंगले जानुपर्छ। राज्य पनि जिम्मेवार हुनुपर्‍यो, सम्बन्धित निकाय पनि जिम्मेवार हुनुपर्‍यो। नागरिकलाई तपाईंको जरिवाना तिराइन्छ भने राज्यले अपराध गर्‍यो भने जरिवाना तिर्ने कि नतिर्ने? म एउटा प्रस्ताव पेस गर्न चाहन्छु। यदि नागरिकले १ लाख रुपैयाँ जरिवाना तिर्छन् भने राज्यले २४ घण्टाभित्र बाटोमा खाल्डो मात्रै भेटियो भने १ लाख रुपैयाँ जरिवाना राज्यले तिर्ने, ट्राफिक बत्ती बिग्रेको अवस्था आयो भने १ लाख तिर्ने, ट्राफिक प्रहरीले रुखो व्यवहार गर्‍यो भने ५० हजार तिर्ने, राति सडकमा बत्ती बिग्रियो भने ५० हजार तिर्ने, ट्रायल पास भएको सात दिनभित्र लाइसेन्स आएन भने ५० हजार तिर्ने,‘ उनले भने, ‘यदि कुनै पनि नागरिकलाई सडकमा खाल्डो भएर सडकको अवस्था बिग्रेर सवारी दुर्घटना भयो भने सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने कानुन ल्याउनका लागि कानुनमन्त्रीलाई संसद मार्फत अपिल गर्न चाहन्छु ।’

    बैठकमै सहभागी कानुनमन्त्री सोविता गौतमको ध्यानाकर्षण गराउँदै जनतालाई मात्र नभएर सरकारलाई पनि कारबाही गर्ने विधेयक ल्याउन र उक्त विधेयक पास गर्ने बताए ।

    ट्राफिक नियम उल्लंघन गर्ने नागरिकलाई कडा कारबाही गर्ने व्यवस्था लागू गरिए राज्य पनि आफ्ना दायित्वप्रति समान रूपमा जवाफदेही हुनुपर्ने उनको भनाइ छ ।

    ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कानुनी सजाय गर्ने विषयमा आफूहरूको विरोध नरहेको स्पष्ट पार्दै उनले नियम पालना गर्नुपर्ने र उल्लंघन गर्नेले कानुनअनुसार कारबाही भोग्नुपर्नेमा आफू र जनता दुवै सहमत रहेको बताए।

    ‘सरकारले अहिले पछिल्लो पटक ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कानुनी सजाय गर्ने भनेर एउटा चर्चा ल्याएको छ । नियम बनाउने भनेर चर्चा आइरहेको छ । प्रहरीले प्रतिवेदन पनि पठाएको छ । यसमा हामीले विरोध गरेका होइनौं, नियम पालना गर्नुपर्छ, कारवाही हुनुपर्छ त्यसमा सबै तयार छौं र जनता पनि तयार छन्,’ उनले भने ।

    Post Views: 72
    प्रकाशित मिति: २०८३ असार १४, आईतवार १२:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.