• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रुपातालमा फिसिङ प्रतियोगिता,सोम गुरुङ प्रथम, शैलेश रायमाझी द्वितीय

  •  नेपाल चौतारी
  • २०८३ असार १५, सोमबार ०७:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पोखरा एङ्गलर्स क्लबको आयोजनामा ३५औँ फिसिङ प्रतियोगिता शनिबार रूपातालमा सम्पन्न भएको छ। मनोरञ्जनात्मक फिसिङ संस्कृतिको प्रवद्र्धन, प्राकृतिक जलस्रोतको संरक्षण तथा वातावरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा महिला, पुरुष तथा विदेशी गरी ११ जना प्रतियोगीको सहभागिता रहेको थियो।

    प्रतियोगितामा सहभागीहरूले निर्धारित समयभित्र विभिन्न प्रविधिबाट माछा समात्ने प्रतिस्पर्धा गरेका थिए। मापदण्डअनुसार सबैभन्दा बढी तथा उत्कृष्ट माछा समात्ने आधारमा विजेता छनोट गरिएको क्लबले जनाएको छ।

    प्रतियोगितामा सोम गुरुङ प्रथम, शैलेश रायमाझी द्वितीय तथा प्रसाद थापा तृतीय भए। उनीहरूले क्रमशः १७.५ किलो, ८ किलो र ४ किलो तौलका माछा समातेका थिए। प्रतियोगितामा रौं तथा नैनी प्रजातिका माछा समातिएका थिए।

    रूपातालमा शहर, कत्ले, ग्रासकार्प, रौं, नैनी, ब्रिगेड तथा तिलोपिया लगायत विभिन्न प्रजातिका माछा पाइन्छन्।

    प्रतियोगिताकी प्रमुख अतिथि आयुषा श्रेष्ठले विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूलाई ट्रफी, प्रमाणपत्र र पुरस्कार प्रदान गरिन्। प्रतियोगितामा समातिएका माछा स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको क्लबले जनाएको छ।

    हाल ३५ सदस्य आबद्ध रहेको पोखरा एङ्गलर्स क्लबमा पछिल्लो समय महिलाको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको पनि क्लबले जनाएको छ।

    कार्यक्रममा क्लबका अध्यक्ष मेजर बालकृष्ण गुरुङले फिसिङ केवल मनोरञ्जनको माध्यम मात्र नभई प्रकृतिसँग नजिकिने, जलचर संरक्षणप्रति सचेत बन्ने तथा पर्यावरणीय सन्तुलन कायम राख्न प्रेरित गर्ने गतिविधि भएको बताए। उनले जिम्मेवार फिसिङ अभ्यास, नदी–तालको स्वच्छता र जैविक विविधताको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गरे।

    क्लबका सक्रिय सदस्य तथा यस वर्षका द्वितीय विजेता शैलेश रायमाझीले २०७१ सालमा स्थापना भएको क्लबले बर्षको २÷३ पटक फिसिंग सञ्चालन हुँदै आएको बताए । उनले प्रतियोगिताले पोखरामा मनोरञ्जनात्मक फिसिङ संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पु¥याएको बताए। आगामी वर्षहरूमा अझ बढी सहभागिता सुनिश्चित गर्दै नयाँ पुस्तालाई आकर्षित गर्ने गरी प्रतियोगितालाई थप व्यवस्थित, प्रभावकारी र आकर्षक बनाइने उनले विश्वास व्यक्त गरे। क्लबले लोप हुन लागेका विभिन्न जातका माछाका भुराहरू यहाँका ताल तलैयाहरूमा छोड़दै आईरहको छ ।

    Post Views: 56
    प्रकाशित मिति: २०८३ असार १५, सोमबार ०७:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.