• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रूप फेरिएको नयाँ बसपार्क

  •  नेपाल चौतारी
  • २०८३ असार १५, सोमबार १२:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । कुनै बेला जस्ताका टहराले घेरिएको तथा फोहर र दुर्गन्धले भरिने गरेको नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । काठमाडौँ महानगरपालिका–२६ विष्णुमती खोला किनारामा अवस्थित १६१ रोपनीमा रहेको बसपार्क विगतमा जस्तो फोहर र दुर्गन्धित छैन ।

    काठमाडौँ महानगरपालिकाको पहल र जापान अन्तर्राष्ट्रिय सहयोग निकाय(जाइका)को प्राविधिक सहयोगमा निर्माण भएको उक्त बसपार्क अहिले व्यवस्थित देखिन्छ । टहरा र फोहर हटेसँगै यहाँको यातायात सञ्चालन पनि व्यवस्थित बन्दैछ । मुलुकमा पछिल्ला वर्षहरूमा बढ्दै गएको सवारीसाधनको चापको भार बसपार्कमा पनि परेको त छ, तर चुस्त ट्राफिक व्यवस्थापनका कारण भद्रगोल छैन ।

    फोहरको डुङ्गुर थुपार्ने कुनाकाप्चा पनि अहिले सफा छन् । त्यस्तै लामो दूरीका लागि टिकट काट्न जाने सर्वसाधारण यात्रुसँग मोलमोलाई गर्ने बिचौलियाहरू पनि अहिले कतै देखिन्नन् । न त पहिलेजस्तो धुलाम्मे फुटपाथमै खाना बनाएर बेच्ने ठेलाहरू नै बसपार्कभित्र भेटिन्छन् । यहाँ बिहान बेलुकै सफा गर्ने गरिएको छ भने ठूला बस तथा माइक्रोहरू पनि व्यवस्थित रूपमा मिलाएर पार्किङ गरिराखेको देखिन्छ ।

    काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको उक्त बसपार्क विसं २०५६ मा तत्कालीन नगरप्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’ अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो ।

    काठमाडौँबाट देशका विभिन्न जिल्लामा जाने लामो दूरीका बसलाई एउटै स्थानबाट व्यवस्थित रूपमा सञ्चालन गर्ने मुख्य उद्देश्यका साथ स्थापना गरिएको बसपार्कको व्यवस्थापन विसं २०७१ देखि भने इन्जिनियर दीपक कुँवरले गर्दै आएका छन् ।

    सुरुको समयमा ४५० सार्वजनिक सवारीसाधन मात्र पार्किङ गर्न सकिने क्षमतामा रहेको नयाँबसपार्कमा विसं २०७२ सालमा स्तरोन्नति गरी ८०० सवारीसाधन पार्किङ गर्न मिल्ने बनाइएको छ ।

    इन्जिनियर कुँवरकै नेतृत्वमा बसपार्कभित्र अव्यवस्थित रूपमा रहेका टहरा हटाएर व्यवस्थित बनाइएको छ । अहिले नयाँबसपार्कभित्र एक नमूना बसपार्कमा हुनुपर्ने पूर्वाधार निर्माण गरिएको छ । उक्त बसपार्कभित्र व्यवस्थित टिकट काउण्टर, सवारीसाधनलाई आवश्यक पर्ने पेट्रोल पम्प निर्माण, सुविधासम्पन्न ल्होत्से मल, खाजा घर, अपाङ्गमैत्री शौचालय निर्माण गरिएको छ ।

    यसैगरी, बसपार्कभित्र हरियाली वातावरण निर्माणका लागि विभिन्न फलफूलका बिरुवाहरू रोपिएको छ भने सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको सहयोगमा नि:शुल्क इन्टरनेट सेवा जडान गरिएको छ । बसपार्क र त्यस बाहिरको सुरक्षाका लागि नयाँबसपार्कभित्र प्रहरी प्रभाग र ट्राफिक प्रहरी वृत्त सञ्चालनमा रहेको छ ।

    ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर कुँवर आफूले व्यवस्थापन गरेको एक दशकभित्र नयाँबसपार्कभित्र ठूलो आरोहअवरोह झेल्नुपरेको बताउछन्। “मैले व्यवस्थापनको जिम्मा लिएसँगै भूकम्प बेहोर्नुपर्‍यो, त्यसपछि नाकाबन्दी र कोरोना महामारीको समस्या भोग्नुपरो, यसको कारण काम गर्न कठिनाइ भयो, उक्त समस्या नआएको भए अझ काम गर्न सकिन्थ्यो भन्ने लाग्छ”, उनी भन्छन् ।

    ठूलो क्षेत्रफलमा फैलिएको नयाँ बसपार्क सफाइका लागि मात्र दैनिक ५० सरसफाइकर्मी खटिएका छन् । यस्तै, बसपार्कभित्रको व्यवस्थापन र सञ्चालनका क्रममा सयौँले प्रत्यक्ष रूपमा रोजगार पाइरहेका छन् ।

    ल्होत्सेले सम्झौताअनुसार हाल काठमाडौँ महानगरपालिकालाई रु एक करोडभन्दा बढी वार्षिकरुपमा राजस्व तिर्दै आएको छ । ल्होत्सेले सम्झौताअनुसार बसपार्कभित्र निर्माण गरिएका संरचना सम्झौता सकिएपछि महानगरलाई हस्तान्तरण गर्नुपर्नेछ । पछिल्लो समय ल्होत्से बहुउद्देश्यीय प्रालिले यातायात प्रालिसँगको सहकार्यमा बसपार्कमा टिकट काउन्टरमा बस्ने कर्मचारीलाई अनिवार्य पोसाक र परिचयपत्रको व्यवस्था मिलाएको छ ।

    बसपार्क छिर्ने मुखमा निर्माण भएको ल्होत्से मल सञ्चालनमा आएको चार वर्षमा दुई पटक आक्रमणको सिकार बन्यो । विसं २०७९ फागुन १ गते ट्राफिक प्रहरीले यातायात मजदुरलाई जथाभावी रूपमा दुःख दिएको भन्दै यातायात मजदुरले गरेको आन्दोलनका क्रममा मलभित्र लुटपाट हुनुका साथै उक्त मलको सिसा फुटाइयो । यस्तै, विसं २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ल्होत्से मलमा आगो लगाइयो । पहिलोपटक रु सात करोड र दोस्रो पटक रु ३५ करोडको क्षति भएको थियो ।

    हाल काठमाडौँको नयाँबसपार्कबाट देशका विभिन्न भागमा दैनिक ३५० देखि ४०० सार्वजनिक सवारीसाधन आवतजावत हुँदै आएका छन् । ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्ल नयाँबसपार्कभित्रबाट सार्वजनिक सवारीसाधनमार्फत दैनिक १० हजारभन्दा बढी यात्रु आवतजावत गर्ने गरेको बताउछन् । हाल नयाँबसपार्कबाट देशभरका ६० भन्दा बढी जिल्लामा सार्वजनिक बस आवतजावत हुँदै आएका छन् ।

    नयाँबसपार्कभित्र रातको समयमा आउने चालक, सहचालक र यात्रुको सुविधाका लागि नयाँबसपार्कभित्रै खान तथा सुत्नका लागि होटल तथा लजको व्यवस्था मिलाइएको छ । परम्परागत शैलीलाई विस्थापित गर्दै अहिले नयाँ बसपार्कमा कम्प्युटराइज्ड र अनलाइन टिकटिङ प्रणाली सुरु गरिएको छ । पूर्वयातायात व्यवस्थापन प्रालिले काठमाडौँबाट पूर्व चल्ने आफ्ना १०० भन्दा बढी सार्वजनिक सवारीसाधनमा अनलाइनमार्फत टिकट काट्न सकिने व्यवस्था मिलाइएको बताएको छ ।

    पूर्वयातायात व्यवस्थापन प्रालिका सञ्चालक राजेन्द्र थापा पूर्वतर्फ चल्ने सबै सवारीसाधनमा सिसी क्यामरा जडान, अनलाइन टिकट काट्ने व्यवस्था मिलाइएको बताउछन् । सञ्चालक थापा अनलाइन टिकटले गर्दा यात्रुहरू ठगिने डर कम भएको र घरमै बसेर टिकट बुकिङ गर्न सकिने सुविधाले सर्वसाधारणलाई सहज बनाएको बताउछन् ।

    पछिल्लो समय काठमाडौँका विभिन्न ठाउँमा यत्रतत्र छरिएर रहेका सार्वजनिक सवारीसाधनलाई नयाँबसपार्कभित्रबाट सञ्चालन गर्ने नीति काठमाडौँ महानगरपालिकाले लिएको छ ।

    उक्त नीतिसँगै केही समय अगाडि माछापोखरी क्षेत्रको सडकबाट धादिङ, नुवाकोट, रसुवालगायतका जिल्लामा सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधन नयाँबसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रमुख सल्लाहकार एवं निवर्तमान अध्यक्ष विजयबहादुर स्वाँर प्रत्येक वर्ष बसहरु थपिँदै जाँदा नयाँ बसपार्क साँघुरो हुँदै गएको बताउछन् । उनले केन्द्रीय बसपार्कलाई अझै नमूना बनाउनका लागि यातायात व्यवसायी, मजदुर तथा ल्होत्से बहुउद्देश्यीय प्रालि सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए

    नयाँ बसपार्कको निर्माणसँगै हाल गोँगबु टोखा र माछापोखरी क्षेत्रमा झण्डै एक हजारको हाराहारीमा होटल तथा १०० को हाराहारीमा डान्सबार तथा दोहोरी रेष्टुराँ सञ्चालनमा रहेका छन् । उक्त होटल, रेष्टुराँ र पसलबाट हजारौँले रोजगारी पाएका छन् । नयाँबसपार्कले गोँगबु क्षेत्रको आर्थिक चलायमानमा ठूलो सहयोग पुगेको छ ।

    नयाँ बसपार्क सञ्चालन रहेको काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारी नयाँ बसपार्क र यस क्षेत्रबाट काठमाडौँ महानगरपालिकालाई वार्षिक करोडौँ राजस्व संकलन हुने गरेको बताउछन् ।

    पछिल्लो समय नयाँ बसपार्क क्षेत्रको सुरक्षासमेत राम्रो हुँदै गएको छ । प्रहरी वृत्त महाराजगञ्जअन्तर्गत रहेको प्रहरी प्रभाग नयाँबसपार्कले नयाँ बसपार्क र यस आसपासको सुरक्षा गरिरहेको छ । यस्तै, सामुदायिक सेवा केन्द्रले सामुदायिक प्रहरी र नेपाल प्रहरीमार्फत यहाँको सुरक्षामा ठूलो सहयोग गरिरहेका छन् ।

    Post Views: 60
    प्रकाशित मिति: २०८३ असार १५, सोमबार १२:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.