• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सिलिचोङमा बाढी पहिरोको असर : विद्युत, सञ्चार र सडक सेवा ठप्प, ६ परिवार विस्थापित

  •  नेपाल चौतारी
  • २०८३ असार १५, सोमबार १५:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा लगातारको वर्षापछि आएको बाढी पहिरोले जनजीवन प्रभावित भएको छ। विपद्का कारण विद्युत, सञ्चार र यातायात सेवा अवरुद्ध हुनुका साथै दुई विद्यालयमा क्षति पुगेपछि पठनपाठन रोकिएको छ।

    गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार सिलिचोङ-१ स्थित सिसुवाखोलामा आएको बाढी पहिरोले गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध भएको छ। केन्द्रीय विद्युत् आपूर्ति, स्थानीय माइक्रो हाइड्रो आयोजना, इन्टरनेट तथा सञ्चार सेवा प्रभावित हुँदा सरकारी सेवा प्रवाहसमेत असर परेको उनले जानकारी दिए।

    पहिरोका कारण गाउँपालिकाभित्रका अधिकांश सडक तथा गोरेटो बाटो अवरुद्ध भएका छन्। स्थानीय दुई वटा माइक्रो हाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएको र करिब ७० प्रतिशत सञ्चार सेवा अवरुद्ध भएपछि सर्वसाधारणको दैनिक जीवन थप प्रभावित बनेको गाउँपालिकाले जनाएको छ।

    प्राकृतिक विपद्ले शैक्षिक क्षेत्रलाई पनि असर पुर्‍याएको छ। सिलिचोङ–१ को कालिका माध्यमिक विद्यालयमा शनिबार राति खसेको पहिरोले १५ वटा कक्षाकोठामा चिरा पार्नुका साथै विद्यालयका शैक्षिक सामग्रीमा क्षति पुगेको छ। उक्त विद्यालयमा अध्ययनरत १७० विद्यार्थीको पठनपाठन अनिश्चितकालका लागि रोकिएको छ।

    यस्तै, सिलिचोङ-४ स्थित बागेश्वरी आधारभूत विद्यालयमा पनि पहिरोका कारण भवन तथा शैक्षिक सामग्रीमा क्षति पुगेपछि त्यहाँको पठनपाठनसमेत स्थगित गरिएको छ। गाउँपालिका अध्यक्ष मेवाहाङले दुवै विद्यालय पहिरोको उच्च जोखिममा रहेकाले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको बताए।

    बाढी पहिरोका कारण सिलिचोङ-१ सिसुवाखोलाका ६ घरपरिवार विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिकाले जनाएको छ। साथै तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगाने क्षेत्रका १०० भन्दा बढी घर उच्च जोखिममा रहेको जानकारी दिइएको छ।

    गाउँपालिका अध्यक्ष मेवाहाङले प्रभावित क्षेत्रको तत्काल स्थलगत अनुगमन, राहत वितरण, विस्थापितको व्यवस्थापन तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।

    Post Views: 78
    प्रकाशित मिति: २०८३ असार १५, सोमबार १५:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.