• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेस एकताका लागि जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न पनि तयार छु : डा शशांक

  •  नेपाल चौतारी
  • २०८३ असार १५, सोमबार १८:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइरालाले धान दिवसका अवसरमा दही चिउरा खाने कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजन गर्नुभएको छ । कोइराला निवास महाराजगञ्जमा भएको सो कार्यक्रम नेपाली कांग्रेसका नेता कार्यकर्ताको बाक्लो उपस्थिती थियो ।

    सो कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बे, पूर्वमहामन्त्री कृष्ण सिटौला, पूर्वउपसभापति प्रकाशमान सिंह नेताहरू, एनपी साउद, चन्द्र भण्डारी, डा मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, शंकर भण्डारी, मोहन बस्नेत, दिपक खड्का, दिपक गिरी, रमेश लेखक, रामहरी खतिवडा, विभिन्न जिल्ला पार्टी सभापतिहरू, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको उपस्थिती रहेको थियो ।

    पूर्वमहामन्त्री डा कोइरालाले आम नेता कार्यकर्तालाई पार्टीलाई एकताबद्ध बनाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । कोइरालाले अहिले पार्टी विभक्त अवस्था जस्तो देखिएकाले मुलुकको हितका लागि कांग्रेसलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको बताउनुभयो । उहाँले आफू संधै सिंगो कांग्रेसको पक्षमा रहेको भन्दै कांग्रेस एकताका लागि जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न पनि तयार रहेको बताउनुभयो ।

    पूर्वमहामन्त्री डा शशांक कोइरालाले कृषि उत्पादनमा वृद्धि, किसानको सम्मान र समृद्ध नेपालको निर्माणमा सबैको साझा प्रयास सफल होस् भन्ने कामना गर्नुभयो । उहाँको किसानको हितमा काम गर्न सकेमात्र नेपालको समृद्ध संभव हुने बताउनुभयो ।

    नेपालले वि. सं २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । नेपाली समाजमा खेतमा रोपाईं गरी असार १५ मा दही चिउरा खाएर मनाउने परम्परा रहेको छ । उक्त दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खान गरिन्छ ।

     

    Post Views: 531
    प्रकाशित मिति: २०८३ असार १५, सोमबार १८:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.