• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच हजार रकम प्रदान

  •  नेपाल चौतारी
  • २०८३ असार १६, मंगलवार ०७:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप रु पाँच हजार उपलब्ध गराएको छ ।

    पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगसँगै हल गोरु पाल्ने क्रम घट्दै गएकाले हल गोरु पाल्नतर्फ कृषकलाई आकर्षित गर्नकालागि प्रोत्साहनस्वरुप ११५ जना कृषकलाई रकम उपलब्ध गराइएको हो ।

    एकसय १५ कृषकका एकसय १६ हल गोरुको आवेदन आएकाले सोका आधारमा प्रतिकृषक रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताए।

    पछिल्लो समय यान्त्रिक हलो (पावर टिलर) को प्रयोग बढ्दै जाँदा यान्त्रिक हलो चलाउने दक्ष जनशक्तिको अभाव हुने, ग्रामीण भेगहरूमा सहजरुपमा इन्धन नपाइने र यान्त्रिक हलो बिग्रेपछि मर्मत गर्नका लागि झन् समस्या हुने भएकाले कृषकहरूलाई हल गोरु पाल्नतर्फ आकर्षित गर्न प्रोत्साहन अनुदान दिइएको हो ।

    चालु आर्थिक वर्ष २०८२/०८३ कालागि हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषक प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गरिएको हो । नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउनका लागि हल गोरु पालेका कृषकहरूसँग आवेदन माग गर्नेसम्बन्धी सूचना गरेको थियो । सूचनाका आधारमा नगरपालिकाका ११ वटै वडाबाट ११६ हल गोरु पालेका कृषकले आवेदन दिएकाले प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक महादेव बनले जानकारी दिए ।

    “नगरपालिकाबाट हल गोरुसम्बन्धी प्रोत्साहन रकम उपलब्ध गराउनकालागि कृषकहरूसित आवेदन माग गर्‍यौँ”, उनले भने, “सूचनाका आधारमा कृषकले गोरुको बिमा गरेको, गोठमा रहेको हल गोरुको तस्बिरसहित आवेदन दिनुभएपछि नगरपालिकाबाट अनुगमन गरेपछि कृषकको खातामा रकम भुक्तानी गरिएको हो ।”

    नगरपालिकाभित्र हल गोरुको सङ्ख्या आवेदन आएकाभन्दा धेरै रहेको तर कृषकले जानकारी पाएर पनि आवेदन नदिएको हुनसक्ने उनको दाबी छ । आगामी आर्थिक वर्ष २०८३/०८४ कालागि पनि हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइएको छ । आगामी आवमा चालु आवमा प्रोत्साहन अनुदान नपाएका हल गोरु पाल्ने कृषकले अनुदान पाउने भएका छन् ।

    Post Views: 45
    प्रकाशित मिति: २०८३ असार १६, मंगलवार ०७:२९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.