• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

डेंगु नियन्त्रणका लागि काठमाडौँ महानगरले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने

  •  नेपाल चौतारी
  • २०८३ असार १७, बुधबार १४:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । डेंगु संक्रमणको जोखिम बढ्दै गएपछि काठमाडौँ महानगरपालिकाले लामखुट्टेको प्रजननस्थल पहिचान गरी लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्ने तयारी गरेको छ।

    महानगरपालिकाका अनुसार ‘लार्भा खोज र नष्ट गर’ अभियानको पहिलो चरण यही असारभित्र महानगरका सबै वडामा सञ्चालन गर्ने रणनीति तयार गरिएको छ।

    पछिल्लो समय डेंगुका बिरामीको संख्या बढ्न थालेपछि रोकथामका उपायलाई तीव्र बनाइएको महानगरले जनाएको छ।

    अभियान प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायमा आधारित विभिन्न संघ-संस्थाका प्रतिनिधिलाई तालिम प्रदान गरी परिचालन गर्ने तयारी गरिएको छ।

    महानगरका अनुसार यस वर्षको वर्षायाम सुरु भएसँगै डेंगु नियन्त्रणका कार्यक्रमका लागि करिब एक हजार ६५० जना तालिमप्राप्त जनशक्ति परिचालन गर्ने योजना बनाइएको छ।

    तालिममा महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति, आमा समूहलगायतका प्रतिनिधिलाई सहभागी गराइनेछ। तालिम सम्पन्न भएपछि उनीहरूलाई सम्बन्धित वडाका विभिन्न क्षेत्रमा परिचालन गरी डेंगु सार्ने लामखुट्टेका लार्भा खोज्ने, नष्ट गर्ने तथा समुदाय स्तरमा जनचेतना अभिवृद्धिसम्बन्धी गतिविधिसमेत सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।

    Post Views: 28
    प्रकाशित मिति: २०८३ असार १७, बुधबार १४:२६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.