• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

धोवीघाट र चोभारबाट ९ चिनियाँ नागरिक र १८ राहदानी अध्यागमनको नियन्त्रणमा

  •  नेपाल चौतारी
  • २०८३ असार १७, बुधबार १८:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । अध्यागमन विभागले ललितपुरको धोवीघाट र कीर्तिपुरको चोभारस्थित दुई स्थानमा गरेको अनुगमनका क्रममा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा ९ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। विभागले अनुसन्धानका लागि १८ थान चिनियाँ राहदानी पनि नियन्त्रणमा लिएको जनाएको छ।

    विभागका अनुसार धोवीघाटस्थित एक घरमा शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा ३ जना चिनियाँ नागरिक नियन्त्रणमा परेका हुन्। त्यसपछि चोभारस्थित ट्रेजर्स प्रा।लि। मा गरिएको अनुगमनका क्रममा थप ६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको हो।

    प्रारम्भिक अनुसन्धानमा धोवीघाटको चारतले घरमा २९ जना चिनियाँ नागरिक बस्दै आएको खुलेको छ। अनुगमनका बेला २२ जना चिनियाँ नागरिक फेला परेका थिए, जसमध्ये ४ जना व्यवसायिक (बिजनेस) भिसा र १८ जना पर्यटक (टुरिस्ट) भिसामा नेपालमा रहेको विभागले जनाएको छ। सबैसँग वैध भिसा भए पनि १८ जनाले मात्र राहदानी प्रस्तुत गरेपछि अनुसन्धानका लागि ती राहदानी नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ। उक्त घर ड्रागन ब्रिज इन्टरनेशनल प्रा।लि। ले लिजमा लिएर सञ्चालन गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको विभागले जनाएको छ।

    विभागका अनुसार होस्टलका रूपमा सञ्चालन गरिएको भनिए पनि त्यहाँ होस्टल सञ्चालनसम्बन्धी आधिकारिक साइनबोर्ड, उद्योग दर्ता, स्थानीय तहमा व्यवसाय दर्ता वा अन्य आवश्यक कानुनी कागजात फेला परेन। आफूलाई सञ्चालक बताउने कर्मा शेर्पा र मञ्जु लामासँग विदेशी नागरिकको अभिलेख वा वास्तविक विवरणसमेत उपलब्ध नभएको पाइएको विभागले जनाएको छ।

    चोभारस्थित ट्रेजर्स प्रा।लि।मा गरिएको अनुगमनका क्रममा भवनमा अत्यधिक सुरक्षा व्यवस्था, ठूलो संख्यामा सिसिटिभी, निजी सुरक्षा गार्ड परिचालन तथा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको अवस्था फेला परेको विभागको भनाइ छ। त्यहाँ कार्यरत करिब १८ जना चिनियाँ नागरिकमध्ये अधिकांश पर्यटक भिसामा रहेको, कर्मचारीहरूको अभिलेख उपलब्ध नगराइएको, राहदानी तथा परिचयपत्र देखाउन अस्वीकार गरिएको र कम्पनीको वास्तविक सञ्चालकबारे कर्मचारीहरू अनभिज्ञ रहेको विभागले जनाएको छ।

    विज्ञप्तिअनुसार सिसिटिभी डाटा रुमसँग जोडिएको झ्यालविहीन अन्धकार कोठामा बाहिरबाट ताल्चा लगाइएको अवस्थामा ७ जना चिनियाँ नागरिक लुकेर बसेको भेटिएको थियो। तीमध्ये ५ जनालाई नियन्त्रणमा लिइएको छ भने २ जना फरार भएका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा केही चिनियाँ नागरिक क्रिप्टो कारोबारमा संलग्न रहेको आशंका गरिएको विभागले उल्लेख गरेको छ।

    अध्यागमन विभागका अनुसार प्रारम्भिक अनुसन्धानबाट धोवीघाटस्थित आवास र चोभारस्थित ट्रेजर्स प्रा।लि।बीच प्रत्यक्ष सम्बन्ध रहेको खुलेको छ। होस्टल सञ्चालकले त्यहाँ बस्ने अधिकांश चिनियाँ नागरिक ट्रेजर्स प्रा।लि।मै कार्यरत रहेको स्वीकार गरेको विभागले जनाएको छ। यसबाट धोवीघाटस्थित घर आवासीय केन्द्र र चोभारस्थित कम्पनी कार्यस्थलका रूपमा प्रयोग भइरहेको देखिएको विज्ञप्तिमा उल्लेख छ।

    विभागले यसअघि पनि सोही घरबाट विदेशी नागरिकमार्फत धार्मिक गतिविधि सञ्चालन भएको भेटिएको र २०८२ भदौ ५ गते त्यहाँबाट ४ जना इन्डोनेसियाली नागरिकलाई नियन्त्रणमा लिएर तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरिएको स्मरण गराएको छ।

    अध्यागमन विभागले दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको जनाउँदै भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न विदेशी नागरिक तथा सम्बन्धित व्यक्ति र संस्थामाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

    Post Views: 30
    प्रकाशित मिति: २०८३ असार १७, बुधबार १८:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.