• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पाल्पाबाट दालचिनी भारत निर्यात

  •  नेपाल चौतारी
  • २०८३ असार १९, शुक्रबार १३:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    तानसेन (पाल्पा) । चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात भएको छ ।

    डिभिजन वन कार्यालय, पाल्पाका अनुसार आवमा तीन लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निकासी भएको थियो ।

    उक्त परिमाण पछिल्लो आवको तुलनामा सबैभन्दा बढी हो । आव २०७७/७८ मा १ लाख ९१ हजार ४१५ किलो दालचिनी भारत निर्यात भएको थियो । कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङले चालु आवमा १२ लाख ८८ हजार ४८२ किलो तेजपात पनि भारत निर्यात भएको बताए।

    गत आवमा एक लाख २१ हजार १० किलो दालचिनी र आठ लाख ८१ हजार ७३१ किलो तेजपात निकासी भएको थियो । कार्यालयको तथ्यांकअनुसार आव २०८०/८१ मा एक लाख ७६ हजार ६९७ किलो, २०७९/८० मा एक लाख ८३ हजार ५९० किलो, २०७८/०७९ मा एक लाख ९० हजार २१४ किलो र २०७७/०७८ मा १ लाख ९१ हजार ४१५ किलो दालचिनी भारत निर्यात भएको हो ।

    त्यसैगरी, तेजपात निर्यातमा पनि वृद्धि भएको छ । आव २०८०/०८१ मा सात लाख छ हजार ७९० किलो रहेको तेजपात निकासी गत वर्ष आठ लाख ८१ हजार ७३१ किलो पुगेको थियो । चालु आवमा बढेर १२ लाख ८८ हजार ४८२ किलो पुगेको कार्यालयले जनाएको छ ।

    पाल्पामा उत्पादन हुने तेजपात र दालचिनीको प्रमुख बजार भारत हो । तेजपात र दालचिनी यहाँका नागरिकको प्रमुख आम्दानीको माध्यम बनेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताए। उनले किसानले तेजपात प्रतिकिलो रु ५० देखि ६० र दालचिनी प्रतिकिलो रु १०० मा बिक्री गर्दै आएका छन् भने ।

    दालचिनी र तेजपातको उत्पादन तथा बजार विस्तारमा निरन्तरता दिइसके स्थानीय कृषकको आम्दानी वृद्धि हुनुका साथै जिल्लाको वनजन्य उत्पादनको निर्यात प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

    Post Views: 47
    प्रकाशित मिति: २०८३ असार १९, शुक्रबार १३:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.