• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेपालमै गुणस्तरीय शिक्षा विस्तारमा सरकार केन्द्रित रहेको शिक्षामन्त्री पोखरेलको दाबी

  •  नेपाल चौतारी
  • २०८३ असार १९, शुक्रबार १४:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालभित्रै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्। उनले शिक्षित युवाको सक्रिय सहभागिताबिना समृद्ध र विकसित समाज निर्माण सम्भव नहुने उल्लेख गरेका छन्।

    काभ्रेपलान्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले युवाको अपेक्षाअनुसारको समुन्नत समाज निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताए। सो लक्ष्य हासिल गर्न शिक्षित जनशक्तिले सिर्जनात्मक र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

    उनले काठमाडौँ विश्वविद्यालयबाट हालसम्म ५१ हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन भइसकेको उल्लेख गर्दै उनीहरूले आफ्नो ज्ञान, सीप र अनुभव राष्ट्र निर्माणमा उपयोग गरी सरकारसँग सहकार्य गर्नुपर्ने अपेक्षा व्यक्त गरे।

    दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विदेश मोहभन्दा स्वदेशमै अवसर खोज्न र उपलब्ध ज्ञानको प्रयोग नेपालकै विकासमा गर्न आग्रह गरे। सरकारले देशभित्रै अवसर सिर्जना गर्ने दिशामा काम गरिरहेको उल्लेख गर्दै उनले नेपालमै भविष्य निर्माण गर्न सकिने विश्वास व्यक्त गरे।

    समारोहमा मन्त्री पोखरेलले विभिन्न शैक्षिक कार्यक्रमका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई उपाधि तथा शैक्षिक प्रमाणपत्र प्रदान गरेका थिए।

    कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिकेश वाग्लेले कृत्रिम बुद्धिमत्ता र स्वचालन (अटोमेशन) को तीव्र विकाससँगै प्राविधिक दक्षतामात्र पर्याप्त नहुने उल्लेख गर्दै विवेक, नैतिक मूल्य, सांस्कृतिक चेतना र राष्ट्रप्रतिको उत्तरदायित्वलाई पनि समान रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिए।

    Post Views: 49
    प्रकाशित मिति: २०८३ असार १९, शुक्रबार १४:३०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.