• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

  •  नेपाल चौतारी
  • २०८३ असार १९, शुक्रबार १९:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं– संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई ७ देखि १० सम्म स्वीट्जरल्याण्डमा आयोजना गर्न लागेको ‘एआई फर गुड ग्लोबल समिट, २०२६’ मा भाग लिने नेपाली विद्यार्थीहरूको एक प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग भेटघाट तथा अन्तरक्रिया गरेको छ ।

    ‘रोबोटिक्स फर गुड युथ च्यालेन्ज, २०२६’ मा सहभागी हुन लागेको नेपाली विद्यार्थी टोलीले शुक्रबार मन्त्रालय पुगेर सञ्चारमन्त्री तिमिल्सिनासँग भेट गरी प्रतियोगिता, तयारी तथा आगामी योजनाबारे जानकारी गराएको हो ।

    भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले प्रतिस्पर्धामा जित वा हारभन्दा पनि त्यसबाट सिकाइ, नवप्रवर्तन र भविष्यमा सिर्जना गर्न सकिने अवसर बढी महत्त्वपूर्ण हुने धारणा राखे ।

    ‘नेपाली टोलीले प्रतिस्पर्धामा भाग लिनु आफैमा सुखद खबर हो । प्रतिस्पर्धामा जित र हार भन्दा पनि हामीले आविष्कार, अनुसन्धान, नवप्रवर्तनका क्षेत्रमा भविष्यमा के गर्न सक्छौँ भन्ने कुरा महत्त्वपूर्ण हो,’ उनले भने ।

    नेपालजस्तो मुलुकका लागि नवप्रवर्तन, रोबोटिक्स र कृत्रिम बौद्धिकता (एआई) को विकास अपरिहार्य बन्दै गएको उल्लेख गर्दै उनले युवा प्रतिभाहरूले यस्ता अन्तर्राष्ट्रिय मञ्चमा नेपालको क्षमता प्रदर्शन गर्नु गौरवको विषय भएको बताए । सूचना प्रविधि, नवप्रवर्तन र नयाँ सोचलाई प्रवर्द्धन गर्न सरकार सकारात्मक रहेको उल्लेख गर्दै उनले सहभागी टोलीलाई सफलताको शुभकामना दिए ।

    यस वर्षको ‘रोबोटिक्स फर गुड युथ च्यालेन्ज, २०२६’ को विषय ‘कृषि तथा खाद्य सुरक्षा’ रहेको छ ।

    प्रतियोगितामा विश्वभरका ५० भन्दा बढी राष्ट्रका युवा टोलीहरू सहभागी हुनेछन् भने नेपालबाट विश्व छनोट पार गर्दै दुई टोलीले प्रतिनिधित्व गर्नेछन् ।

    राष्ट्रिय आयोजक रोबोटिक्स एसोसिएसन नेपालका अनुसार जुनियर र सिनियर गरी दुई टोली जेनेभा जाँदै छन् । दुवै टोलीमा चार–चार जना विद्यार्थीसहित नेपालबाट कुल ११ सदस्यीय प्रतिनिधिमण्डल प्रतियोगितामा सहभागी हुनेछ ।

    रोबोटिक्स एसोसिएसन नेपालका महासचिव तथा एआई फर गुडका निर्देशक ओमकार जैसवालले नेपालमा विगत केही वर्षदेखि ‘एआई फर गुड’ अन्तर्गत देशभित्र विभिन्न चरणका प्रतियोगिता सञ्चालन गर्दै उत्कृष्ट विद्यार्थी छनौट गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लगिएको बताए ।

    विश्व छनोटका लागि नेपालभरबाट राष्ट्रिय स्तरको प्रतिस्पर्धा गराइएको थियो । सिनियरतर्फको प्रतियोगिता गत वैशाख १४ गते काठमाडौँमा आयोजना गरिएको थियो । जहाँ आठ समूहका ४० जना प्रतिस्पर्धी सहभागी भएका थिए । त्यसैगरी जुनियर प्रतियोगिता जेठ २ गते सम्पन्न भएको थियो, जसमा १३ वटा शैक्षिक संस्थाका १६ टोली सहभागी भएका थिए ।

    जैसवालका अनुसार नेपालले गत वर्ष पनि यही प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेको थियो । गत वर्ष नेपालबाट दुई टोलीसहित १२ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो । त्यसक्रममा जुनियर टोलीले विश्वस्तरमा दोस्रो र्याङ्क प्राप्त गरेको थियो भने सिनियर टोली तेस्रो र्याङ्क रहन सफल भएको थियो ।

    यस वर्षको प्रतियोगितामा सहभागी हुने नेपाली टोलीले कृषि तथा खाद्य सुरक्षासँग सम्बन्धित रोबोटिक्स समाधान प्रस्तुत गर्नेछ ।

    नेपाल कृषिप्रधान मुलुक भएकाले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउन सकिने सम्भावनालाई ध्यानमा राख्दै टोलीले तयार गरेको प्रोटोटाइपलाई भविष्यमा व्यवसायीकरण गर्ने लक्ष्य राखिएको छ ।

    आयोजकका अनुसार उक्त अवधारणाप्रति संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले समेत चासो देखाएको छ ।

    भेटका क्रममा एआई फर गुडका निर्देशक ओमकार जैसवालले नेपालमा रोबोटिक्स र एआईप्रति विद्यार्थीहरूको आकर्षण बढ्दै गएको भए पनि सरकारी सहयोग अझै पर्याप्त नभएको उल्लेख गरे ।

    उनका अनुसार हालसम्म प्रतियोगितामा सहभागी हुने अधिकांश खर्च रोबोटिक्स एसोसिएसन नेपाल, विद्यार्थीका अभिभावक तथा निजी क्षेत्रका संस्थाहरूले व्यवस्थापन गर्दै आएका छन् ।

    आगामी वर्षदेखि सरकारी विद्यालयका विद्यार्थीहरूलाई समेत प्रतियोगितामा सहभागी गराउने गरी योजना बनाइरहेको पनि जैसवालले जानकारी दिए ।

    अहिले प्रतिभाशाली विद्यार्थीहरू केन्द्रित प्रतिस्पर्धा भइरहे पनि भविष्यमा अवसरको दायरा विस्तार गरेर सरकारी विद्यालयका विद्यार्थी तथा ग्रामीण क्षेत्रका युवालाई समेत समेट्ने लक्ष्य रहेको उनको भनाइ थियो ।

    त्यसका लागि देशका विभिन्न प्रदेशमा क्षेत्रीय प्रतियोगिता आयोजना गरिँदै आएको उल्लेख गर्दै उनले चितवन, कोशी, विराटनगर र धनगढी लगायतका स्थानमा प्रतिस्पर्धा सञ्चालन गरिएको जानकारी दिए ।

    Post Views: 44
    प्रकाशित मिति: २०८३ असार १९, शुक्रबार १९:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.