गण्डकी प्रदेशकै उत्कृष्ट सहकारी विशाल बचत तथा ऋण सहकारी संस्थाले नयाँ आर्थिक वर्षका लागि आफ्नो निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । देशभरका अधिकांश सहकारी समस्याग्रस्त भैरहदा पोखराको विशाल सहकारीले आफ्नो स्पष्ट नीति र कार्ययोजना सार्वजनिक गरेको हो ।
विगतका वर्षहरुमा जस्तै यसपटक १०४ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सस्थाले नया आवका लागि सस्थाको भावी योजना अघि सार्यो ।सस्थाले सहकारीप्रती आम नागरिकको धारणामा सुधार गर्ने , असली शेयर र ऋणी सदस्य बढाउने , नवप्रवर्तन कार्यक्रमका लागि शेयर सदस्यलाई प्रोत्साहन गर्ने , दवाबरहित ऋण असुलीको रणनिती बनाउने , सहकारीमा बचतको बानिलाई सुधृढ गर्ने र सामाजिक उत्तरदायित्व लगायतका योजना सहितको नीति तथा कार्यक्रम ल्याएको सस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिप ढकाल ले जानकारी दिए ।
साथै सहकारीको सिद्धान्तलाई अनुकरण गर्दै ऋण लगानी र बचत रकम बढाउने योजना पनि विशालले अघि सारेको ढकालले जानकारी दिए ।यसका लागि विशालले समय सान्धर्भिक ब्याज कायम राख्ने पनि जनाइको छ। साथै दशक अघिको भुकम्प, त्यसपछिको कोभिड १९ लगायतका विपदले धर्मराएको नेपाली अर्थतन्त्र उकास्ने योजना सहितका कार्यक्रम आगामी आवको नीतिमा राखेको पनि ढकालले उल्लेख गर्नुभयो छ ।
संस्थाका अध्यक्ष शिव शर्माको अध्यक्षतामा सम्पन्न नीति, योजना तथा बजेट सार्वजनिक कार्यक्रममा उपाध्यक्ष बालकृष्ण
ढकाल, सचिव प्रदिप कुमार मुल्मी,संचालक ईउल कुमारी
पुनले, अन्य पदाधिकारीहरु,, लेखा सुपरिवेक्षण समतिका संयोजक तथा सदस्यहरु लगायतले विशाल सहकारी प्रती सामान्य देखि उच्छ स्थानका ब्यबसायिले राखेको विश्वाशमा गर्व गर्दै थप उचाइमा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा सस्थाका लेखा संयोजक रामकृष्ण
दुवाडीले सबैजसो वित्तिय सहकारीहरुले आगामी दिनमा झेल्नुपर्ने थप चुनौतीपूर्ण अवस्था ख्याल गर्दै सबैले सोहि बमोजिमको स्पष्ट कार्यक्रम तथा बजेट निर्माण गर्न जएउरी रहेको बताए। त्यस्तै सस्थाका सल्लाहकार गोविन्द प्रसाद ढकाल र कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता श्री जगन्ननाथ ढकालले हरेक सहकारीको समस्या ऋण असुली नै भएको भन्दै विशाल सहकारीले ल्याएको दवाबरहित ऋण असुली योजना प्रभावकारी ढङ्गले अनुशरण गर्नुपर्ने सुझाव दिए ।
ऋण असुलिका लागि गरिने कानुनी प्रक्रिया केवल सस्थाको बाध्यात्मक औपचारिकता मात्रै हुने उल्लेख गर्दै ढकालले नियमित ब्याज र किस्ता भुक्तानीले सदस्यलाई ब्याबसायिलाइ थप सहजता प्रदान गर्ने दावी गर्नु भयो ।
नीति तथा कार्यक्रम एवम बजेट सार्वजनीक सम्बन्धी कार्यक्रममा कोषाध्यक्ष ईन्द्रराज अर्यालले सस्थाको कुल सम्पत्ति १ अर्व हाराहारीमा रहेको तथा संचालक बुद्धि बहादुर कुँवरले अहिले सम्म १२ सय ५२ शेयर सदस्य रहेको जानकारी दिए।






