• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ, दिगम्बर झासहित तीनलाई कैद सजाय

  •  नेपाल चौतारी
  • २०८३ असार २२, सोमबार २०:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स’ खरिदमा भएको भ्रष्टाचार मुद्दामा फैसला सुनाएको छ । अदालतले पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र पूर्वसचिवलाई सफाइ दिएको छ भने प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित तीनजना उच्च अधिकारीलाई दोषी ठहर भएका छन् ।

    विशेष अदालतका सदस्यहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सो फैसला गरेको हो । जसअनुसार बस्नेतले मन्त्रीको हैसियतमा नीतिगत निर्देशन मात्र दिएको, खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न नदेखिएको र व्यक्तिगत लाभ लिएको प्रमाण अभियोजन पक्षले पेश गर्न नसकेकाले उनलाई सफाइ दिइएको छ।

    तत्कालीन अध्यक्ष झाले खरिद प्रक्रियामा बदनियत राखेको र अनिवार्य रूपमा गर्नुपर्ने पूर्वतयारी नगरी प्रक्रिया अगाडि बढाएको भन्दै उनलाई दोषी ठहर गरिएको हो । उनलाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ । साथै, उच्च पदस्थ अधिकारी भएकाले भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप ६ महिना गरी कुल १ वर्ष कैद सजाय सुनाइएको छ ।

    प्राधिकरणका तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती लाई पनि दोषी ठहर गर्दै जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ । मुद्दा दायर गरिएका अन्य प्रतिवादीहरू पुरुषोत्तम खनाल, अच्युतानन्द मिश्रलगायत भेनराइज सोलुसन्सका एजेन्टहरूले पनि सफाइ पाएका छन् ।

    अदालतले खरिद प्रक्रियामा गम्भीर त्रुटी भएको औंल्याएको छ । फैसलामा भनिएको छ, ‘सार्वजनिक खरिद ऐन र नियमावलीले तोकेको विस्तृत परियोजना प्रतिवेदन, लागत अनुमान र लाभ-लागत विश्लेषण नगरी सिधै खरिद प्रक्रिया सुरु गर्नु प्रथम दृष्टिमै बदनियतपूर्ण देखिन्छ ।’

    Post Views: 46
    प्रकाशित मिति: २०८३ असार २२, सोमबार २०:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.