• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

  •  नेपाल चौतारी
  • २०८३ असार २३, मंगलवार ०७:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाइँ अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ ।

    कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव, उत्पादन लागतमा भएको वृद्धि र बदलिँदो मौसमको चुनौतीबीच धान रोप्ने मेसिनको प्रयोग किसानका लागि प्रभावकारी विकल्प बन्दै गएको छ ।

    नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा पछिल्ला केही वर्षयता कृषि यान्त्रीकरणले गति लिँदै जाँदा किसानको आकर्षण पनि बढ्न थालेको छ । मध्यविन्दु नगरपालिका–१ मा प्रकृति कृषि सहकारी संस्थामार्फत सञ्चालनमा रहेको धान रोप्ने मेसिनले केही घण्टामै ठूलो क्षेत्रफलमा रोपाइँ सम्पन्न गरिरहेको छ ।

    परम्परागत विधिबाट दिनौँ लाग्ने काम मेसिनमार्फत छोटो समयमा सम्पन्न हुन थालेपछि किसान उत्साहित भएका छन् । मेसिनको प्रयोगले श्रमिकको आवश्यकता घट्नुका साथै रोपाइँ व्यवस्थित हुने, उत्पादन लागत कम हुने र समयको बचत हुने सहकारी संस्थाका सचिव ओमप्रसाद पाठकले बताए ।

    “खेतीपातीमा जनशक्ति अभाव हुँदै गइरहेको अवस्थामा आधुनिक प्रविधिले कृषि कार्यलाई सहज बनाएको छ”, उनले भने, “कम श्रम र कम समयमा बढी काम गर्न सकिने भएकाले कृषि यान्त्रीकरणप्रति किसानको विश्वास बढ्दै गएको छ ।”

    मध्यविन्दु नगरपालिकाले कृषि उत्पादन वृद्धि र कृषिलाई व्यावसायिक तथा प्रविधिमैत्री बनाउन कृषि यान्त्रीकरणलाई प्राथमिकतामा राख्दै आएको नगरप्रमुख भिमलाल अधिकारीले बताए । नगरपालिकाले धान रोप्ने मेसिन, कम्बाइन हार्भेस्टर, कृषि एम्बुलेन्सलगायतका आधुनिक कृषि उपकरण किसानलाई ८५ प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको नगर प्रमुख भीमलाल अधिकारीले जनकारी दिए ।

    “कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्दै उत्पादन लागत घटाउने, उत्पादन वृद्धि गर्ने र युवालाई कृषि पेसाप्रति आकर्षित गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्”, उनले भने ।

    जिल्लामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइमार्फत गैँडाकोट नगरपालिकाका पाँच वडामा धान जोन कार्यक्रम सञ्चालनमा रहेको छ । कृषक समूहहरूले त्यहाँ पनि धान रोप्ने मेसिन प्रयोग गर्दै आएका छन् भने यस वर्ष कम्बाइन हार्भेस्टरसमेत उपलब्ध गराइएको छ ।

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा करिब १९ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ सञ्जय ढकालले जनकारी दिए । जिल्लामा पछिल्लो वर्षदेखि धान रोप्ने मेसिनलगायतका आधुनिक कृषि यन्त्रतर्फ किसानको आकर्षण र माग बढेको उनले बताए ।

    “कृषि क्षेत्रमा देखिएको श्रमिक अभाव, बढ्दो उत्पादन लागत र जलवायु परिवर्तनका चुनौतीका बीच आधुनिक प्रविधिको प्रयोग किसानका लागि आवश्यकता बन्दै गएको छ”, उनले भने, “खेतीपातीमा यान्त्रीकरणको विस्तारसँगै किसानको श्रम घट्नुका साथै कृषि पेसाप्रति आकर्षण पनि बढ्दै गएको छ ।”

    Post Views: 46
    प्रकाशित मिति: २०८३ असार २३, मंगलवार ०७:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.