• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

देशभरका मुख्य राजमार्गहरू प्रभावित: चार वटा प्रदेशका सडक पूर्ण तथा आंशिक रूपमा बन्द

  •  नेपाल चौतारी
  • २०८३ असार २३, मंगलवार ११:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । देशका विभिन्न स्थानमा लगातारको वर्षा, बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले मंगलवार जारी गरेको सूचना अनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।

    कोशी प्रदेशको भोजपुर मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका–५, जोखिममा असार १२ गते आएको बाढीका कारण सडक प्रभावित भएको छ। हाल उक्त सडक एकतर्फी सुचारु गरिएको छ भने वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ।

    यसैगरी, बागमती प्रदेशका काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै असार २२ गतेदेखि बि.पी.राजमार्ग सडक खण्डमा खुर्कोट(नेपालथोक–कटुञ्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

    मकवानपुरको कुलेखानी फाखेल हुमाने फर्पिङ काठमाडौँ सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ४ महालक्ष्मी क्षेत्रमा सडक मर्मत कार्य भइरहेकाले यातायात पूर्ण रूपमा अवरोध भएको छ। यो सडक खण्ड असार २५ गतेसम्म बन्द रहने जनाइएको छ।

    लुम्बिनी प्रदेशको रोल्पामा रुकुम घोराही सहिद मार्ग अन्तर्गत माडी गाउँपालिका–६ हार्निङमा असार २२ गते गएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ।

    कर्णाली प्रदेशको रुकुम पश्चिममा भेरी करिडोर अन्तर्गत आठबिसकोट नगरपालिका–६, रिजेगार्ड खोलामा असार १७ गते आएको बाढीका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ।

    जाजरकोट–डोल्पा सडक खण्ड अन्तर्गत नलगाड नगरपालिका–८ मालुवामा आजै (असार २३ गते)गएको पहिरोका कारण सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

    पूर्ण रूपमा अवरुद्ध भएका सडक खण्डहरूमा यात्रा गर्दा वैकल्पिक मार्गको प्रयोग गर्न वा सडक सुचारु भए–नभएको निश्चित गरेर मात्र यात्रा तय गर्न नेपाल प्रहरीले अनुरोध गरेको छ।

    Post Views: 44
    प्रकाशित मिति: २०८३ असार २३, मंगलवार ११:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.