• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सिँचाइ विस्तारसँगै कृषि उत्पादन बढाउन दुई मन्त्रालयबीच सहकार्य हुने

  •  नेपाल चौतारी
  • २०८३ असार २३, मंगलवार १६:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । सिँचाइ पूर्वाधार विकास र कृषि उत्पादन वृद्धिलाई एउटै योजनाअन्तर्गत अघि बढाउने उद्देश्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयबीच सहकार्य गर्ने सहमति भएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठ र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीबीच मंगलबार ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा सिँचाइ सुविधा विस्तार, कृषि उत्पादन, प्राविधिक सेवा र कृषि उपजको बजार व्यवस्थापनलाई समन्वित रूपमा अघि बढाउने विषयमा छलफल भएको हो ।

    छलफलमा मन्त्री श्रेष्ठले खेतसम्म सिँचाइ सुविधा पुर्‍याउन सरकारले ठूलो लगानी गरिरहेको उल्लेख गर्दै सिँचाइ पुगेपछि मात्रै पर्याप्त प्रतिफल प्राप्त नहुने बताए । उनका अनुसार गुणस्तरीय बीउ, मल, आधुनिक प्रविधि, प्राविधिक सहयोग र उत्पादनको उचित बजार व्यवस्थापनलाई समेत सँगसँगै अघि बढाउन आवश्यक छ ।

    उनले सिँचाइ र कृषि क्षेत्रका कार्यक्रमलाई छुट्टाछुट्टै मन्त्रालयको सीमाभन्दा माथि उठाएर संयुक्त योजना र समन्वित कार्यान्वयन प्रणालीमार्फत अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

    कृषि मन्त्री चौधरीले सिँचाइ र कृषि क्षेत्रबीचको समन्वयलाई प्रभावकारी बनाउने प्रस्तावप्रति सकारात्मक धारणा राख्दै नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयन तहसम्म दुई मन्त्रालयबीच सहकार्य विस्तार गर्ने बताइन् ।

    यसअघि ऊर्जामन्त्री श्रेष्ठले पश्चिम नेपालका प्रमुख सिँचाइ आयोजनाहरूको स्थलगत अनुगमन गरेका थिए । उनले रानी-जमरा-कुलरिया, सिक्टा, बबई तथा राजापुर सिँचाइ प्रणालीको निरीक्षण गर्दै आयोजना प्रमुख, प्राविधिक तथा किसानसँग आयोजनाको अवस्था, चुनौती र आवश्यकताबारे छलफल गरेका थिए ।

    बर्दियामा निर्माणाधीन बबई सिँचाइ आयोजनाबाट जिल्लाका छ स्थानीय तहअन्तर्गत करिब ३६ हजार हेक्टर कृषि क्षेत्रलाई वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । त्यस्तै कैलालीमा रहेको रानी-जमरा-कुलरिया सिँचाइ आयोजनाले करिब ३७ हजार ८०० हेक्टर जमिनमा सिँचाइ विस्तार गर्ने उद्देश्य राखेको छ ।

    बाँकेको सिक्टा सिँचाइ आयोजनाले ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित काम गरिरहेको छ । यी आयोजनाअन्तर्गत मूल तथा शाखा नहर, तटबन्ध, जलाशय र लिफ्ट सिँचाइ प्रणाली विस्तारका काम अघि बढिरहेका छन् ।

    सरकारको अपेक्षाअनुसार आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि पश्चिम नेपालको कृषि उत्पादन र उत्पादकत्व वृद्धि हुने, खाद्य सुरक्षामा सुधार आउने, किसानको आम्दानी बढ्ने र ग्रामीण अर्थतन्त्र थप मजबुत हुने विश्वास गरिएको छ ।

    मन्त्रालयले सिँचाइ आयोजनालाई केवल भौतिक पूर्वाधार निर्माणका रूपमा नभई कृषि आधुनिकीकरण, व्यावसायिक खेती विस्तार र ग्रामीण विकासको आधारका रूपमा अघि बढाइरहेको जनाएको छ ।

    Post Views: 83
    प्रकाशित मिति: २०८३ असार २३, मंगलवार १६:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.