• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

‎गण्डकी प्राज्ञ सभा सदस्यमा गायत्री मनोनित (विस्तृत परिचयसहित)

  •  नेपाल चौतारी
  • २०८३ असार २३, मंगलवार १९:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ‎पोखरा । ‎गण्डकी प्राज्ञ सभा सदस्यमा गायत्री पराजुली मनोनित भएकी छन् । लोक साहित्य क्षेत्रमा अनवरत योगदाद दिदै आएकी पराजुलीलाई गण्डकी प्रदेश सरकारले प्राज्ञ सभा सदस्यमा मनोनयन गरेको हो ।

    ‎ प्रदेश सरकारले गण्डकी प्रज्ञा प्रतिष्ठानको रिक्त नेतृत्व र सदस्यहरू नियुक्त गर्दै प्राज्ञ सभालाई पूर्णता पनि दिएको छ । प्रतिष्ठानको कुलपतिमा लोकसाहित्यका विज्ञ प्रा. डा. कुसुमकुमार (कुसुमाकर) न्यौपाने नियुक्त भएका छन् । यसैगरी, उपकुलपतिमा शंकर विरही गुरुङ र सदस्य–सचिवको जिम्मेवारी मन कुमार श्रेष्ठले पाएका छन् ।

    ‎प्राज्ञ सभा सदस्यका लागि साहित्य, संगीत, संस्कृति, लोकसाहित्य, चित्रकला, मूर्तिकला, चलचित्र र लोकदोहोरीसहित २४ बिधाका विज्ञहरू समेटिएका छन् । सोही २४ जना मध्येबाट गुरुङ उपकुलपति र श्रेष्ठ सदस्य सचिव बनेका हुन् ।

    ‎गण्डकी प्राज्ञ प्रतिष्ठान ऐन, २०७६ बमोजिम नियुक्त पदाधिकारी तथा सदस्यहरूको कार्यकाल चार वर्षको रहनेछ ।

     को हुन् गायत्री पराजुली ?

    प्राज्ञ सभा सदस्यमा मनोनित गायत्री पराजुली पोखरा महानगरपालिका–४, चिप्लेढुङ्गा निवासी हुन्। नेपाली विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेकी उनी एसओएस हर्मन माइनर विद्यालयको निवृत्त शिक्षक हुन् । लोकसाहित्य, लोकसंस्कृति तथा नेपाली साहित्यको संरक्षण, अनुसन्धान र प्रवर्द्धनमा उनको सक्रिय भूमिका रहँदै आएको छ।

    पराजुलीका प्रकाशित कृतिहरूमा ‘कृष्ण कथा तथा भजन’ (२०७८), ‘तीजपर्वको तरङ्ग’ (२०८१)र ‘आक्रोश’ (मुक्तक सङ्ग्रह, २०८१) रहेका छन्। उनका यी कृतिहरूले धार्मिक, सांस्कृतिक तथा सामाजिक विषयवस्तुलाई साहित्यिक रूपमा प्रस्तुत गरेका छन्।

    सिर्जनात्मक लेखनसँगै उनी लोकसंस्कृतिको अध्ययन–अनुसन्धानमा पनि उत्तिकै सक्रिय छिन्। उनले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका लागि ‘गण्डकी प्रदेशका परम्परागत सङ्गीत’ विषयमा अनुसन्धान सम्पन्न गरेकी छन्। यस अध्ययनले गण्डकी प्रदेशका मौलिक लोकसङ्गीतको संरक्षण र दस्तावेजीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको मानिन्छ।

    देशका विभिन्न स्थानमा आयोजित राष्ट्रिय तथा प्रादेशिक गोष्ठीहरूमा उनले लोकसाहित्य र लोकसंस्कृतिसम्बन्धी विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्दै आएकी छन्। ‘भाव सौन्दर्यका दृष्टिले रत्यौली गीत’, ‘रत्यौली गीतमा समानता र विभेद’, ‘खस–आर्य समुदायमा श्रीकृष्ण चरित्र बालन’, ‘कास्कीकोटमा राग मालश्री’, ‘मुस्ताङ जिल्लाका नाच’, ‘कास्कीकोटमा कुँवरद्वारा खेलिने सराएँ’ तथा ‘कर्णाली प्रदेश दैलेख जिल्लाको बालाराजा काशीरामको भारत’ जस्ता विषयमा उनका अनुसन्धानमूलक प्रस्तुतिहरू चर्चित छन्।

    पराजुली लोकवार्ता परिषद् नेपाल, बालन एवम् कला संस्कृति प्रतिष्ठान नेपाल, सप्तरङ्गी साहित्य समाज, सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, लायन्स क्लब अफ पोखरा गण्डकी तथा समाज सेवा समिति, पोखरा–४ लगायतका विभिन्न साहित्यिक, सांस्कृतिक र सामाजिक संस्थामा आबद्ध रहेर निरन्तर सक्रिय छिन्।

    Post Views: 623
    प्रकाशित मिति: २०८३ असार २३, मंगलवार १९:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

    • ५. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.