• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

  •  नेपाल चौतारी
  • २०८३ असार २४, बुधबार १३:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गण्डकी ।पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढेको पाइएको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बञ्जी नेपालले सञ्चालनमा ल्याएको बञ्जीजम्प गर्नेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् ।

    गत जेठमा ५०० जनाले बञ्जीजम्प गरेकामा त्यस मध्ये ५० प्रतिशत सहासिक भारतीय पर्यटक रहेको बञ्जी नेपाल एडभेन्चर्स प्रालिका अध्यक्ष दुर्गादत्त खरेलले जानकारी दिनुभयो । एकै महिनामा कम्पनीले त्यसबाट रु ३७ लाख ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।

    उहाँका अनुसार विगतको तुलनामा यस वर्षको वैशाख, जेठ र असारमा बञ्जीजम्प गर्नेको सङ्ख्यामा उल्लेखनीय रूपमा वृद्धि भएको छ । सडक तथा हवाई पहुँच सहज बन्दै जाँदा भारतीय पर्यटकको पोखरा आगमनमा उल्लेख्य वृद्धि भएको छ । पछिल्लो समय दैनिकजसो भारतीय युवाको समूह बञ्जीजम्प गर्न आउने गरेको पाइएको छ ।

    विदेशमा रोजगारी तथा उच्च शिक्षाका लागि गएका नेपाली युवा छुट्टीमा स्वदेश फर्किएपछि पोखरा घुमघामसँगै साहसिक खेलको अनुभव गर्ने चाहना राख्ने क्रम पनि बढेको छ । उनीहरूका लागि बञ्जीजम्प छुट्टीको विशेष आकर्षण बन्न थालेको अध्यक्ष खरेलको भनाइ छ ।

    उहाँले भन्नुभयो, “छ वर्षअघि सञ्चालनमा आएको बञ्जी नेपालले हालसम्म १५ हजारभन्दा बढी व्यक्तिलाई बञ्जीजम्प गराइसकेको छ । कम्पनीले प्रत्येक व्यक्तिबाट रु सात हजार ५०० शुल्क लिने गरेको छ । जसमा फोटो, भिडियो र टिसर्ट उपहारको समेत व्यवस्था गरेको छ ।”

    एक सय एक मिटरको गहिराइमा हामफाल्ने उक्त बञ्जीजम्पको सबैभन्दा ठूलो विशेषता भनेको प्राकृतिक दृश्य हो । उहाँले भन्नुभयो, “हामफाल्ने क्रममा एकातिर माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको मनमोहक दृश्य देखिन्छ भने अर्कातर्पm तल बगेको सेती खोंच र वरपरको हरियालीले साहसिक अनुभवलाई अझ रोमाञ्चक बनाइदिन्छ ।” यही दृश्यावलोकनका कारण धेरै पर्यटकले पोखराको बञ्जीलाई जीवनकै अविस्मरणीय अनुभवका रूपमा लिने गरेका छन् ।

    बञ्जी नेपालका संस्थापक अध्यक्ष सन्तोष भट्टराईसहित ११ जना पोखराका युवा उद्यमीले उक्त संस्थामा संयुक्त रूपमा रु आठ करोड २५ लाख लगानी गर्नुभएको हो ।

    क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाएको ३५ मिटर अग्लो टावरको फेदबाट बञ्जीजम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको छ । सेती नदीको खोंचमा बनेको र फराकिलो हिमशृङ्खला हेर्दै जम्प गर्न पाइने भएकाले वञ्जीजम्पमा थप आकर्षण बढ्ने विश्वास गरिएको छ ।

    बञ्जी सञ्चालनमा आएसँगै अप्रत्यक्ष रूपमा स्थानीयलाई रोजागरी, पर्यटन व्यवसाय र आसपासका होटल, रेष्टुरेन्ट तथा यातायात क्षेत्रमा समेत आर्थिक गतिविधि बढाएको छ ।

    कम्पनीमा हाल २० जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेको कम्पनीका कार्यकारी निर्देशक मीना बरालले जानकारी दिनुभयो । प्रत्येक वर्ष कम्पनीले नेपाल सरकारलाई दुईदेखि साढे दुई लाखसम्म राजस्व बुझाउँदै आएको छ ।

    पोखरामा प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, हटएयर बेलुनजस्ता साहसिक गतिविधिसँगै बञ्जीजम्प पनि महत्त्वपूर्ण पर्यटन उत्पादनका रूपमा स्थापित हुँदै गएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले बताउनुभयो ।

    विदेशी मुद्रा आर्जन, युवालाई रोजगारी तथा पोखराको पर्यटन प्रवर्द्धनमा यस्ता साहसिक खेलले उल्लेखनीय योगदान पुर्याइरहेका छन् । उहाँका अनुसार पर्यटन व्यवसायीहरूका अनुसार साहसिक पर्यटनका यस्ता गन्तव्यलाई स्थानीय समुदाय, निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यबाट अझ व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके पोखराले अन्तरराष्ट्रिय साहसिक पर्यटन गन्तव्यका रूपमा थप उचाइ हासिल गर्न सक्नेछ ।

    पोखराको मुख्य पर्यटकीयस्थलबाट करिब तीन मिलोमिटर दूरीमा रहेको बञ्जी कतिपय आन्तरिक पर्यटकको यही प्रयोजनका लागि पोखरा बसाइ लम्बिन सक्छ । तर एकैदिनमा बञ्जीजम्प गरेर फर्कन पनि सकिने छ । प्रमुख लामिछानेका अनुसार गण्डकी प्रदेशमा कुश्मासहित पोखरा रातोपैह्रा र हेमजामा पनि बञ्जी सञ्चालन गरिएको छ ।रासस

    Post Views: 53
    प्रकाशित मिति: २०८३ असार २४, बुधबार १३:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.