• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

  •  नेपाल चौतारी
  • २०८३ असार २६, शुक्रबार ०९:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भोजपुर– यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्किएर करोडौँ लगानीसहित व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी गरेका छन् ।

    काठमाडौँमा अधिवक्ताको पेसालाई छाडेर उनले गाउँमा ‘पद्मा, कोपिला बहुउद्देश्यीय अर्गानिक कफी उद्योग’ दर्ता गरेर कृषि उद्यम सञ्चालन गरेका छन् । करिब सात वर्षअघि सुरु गरिएको उनको कृषि यात्रा अहिले उदाहरणीय बन्दै गएको छ । उनले करिब दुई करोड ५० लाख लगानी गरी ६५ रोपनी क्षेत्रफलमा बहुउद्देश्यीय खेती विस्तार गरेको बताए।

    योजनाबद्ध रूपमा विविध बालीको संयोजन गर्दै उनले सात हजार बोट कफी, दुई हजार मेकाडेमिया नट, २५० बोट एभोकार्डो, ३०० बोट कागती, ५० बोट जापानिज उन्सु सुन्तला तथा १०० बोट टिमुर रोप्नुभएको छ । यी बालीहरूबाट दीर्घकालीन आम्दानी लिन सकिने विश्वासका साथ उनले खेती विस्तार गरेको बताए।

    ‘गाउँमै धेरै सम्भावना रहेछ । त्यसलाई पहिचान गरेर लगानी गर्नुपर्छ भन्ने लाग्यो’, उनले भने, ‘सुरुआतमा चुनौती धेरै भए पनि विस्तारै अनुभवसँगै काम अघि बढाउन सहज हुँदै गएको छ ।’

    कृषि उत्पादनलाई व्यवस्थित र गुणस्तरीय बनाउन उनले आफ्नै लगानीमा करिब १५ लाख खर्चेर चिस्यान केन्द्र निर्माण गरेका छन् । यसले उत्पादन भण्डारण र गुणस्तर जोगाउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए।

    उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज होस् भनेर ढुवानीका लागि सवारी साधनको व्यवस्था पनि गरे । उनको फार्ममा हाल तीन जना कर्मचारीले नियमित रोजगारी पाइरहेका छन्, यसले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनामासमेत योगदान पुगेको देखिन्छ ।

    उनले उत्पादन गरेको कफी अहिले अन्तर्राष्ट्रिय बजारसम्म पुग्न थालेको छ । यस वर्ष मात्रै उनले करिब एक हजार केजी कफी जापान निर्यात गरेका छन्, जसको मूल्य प्रतिकेजी १२ डलर रहेको छ ।

    ‘विदेशी बजारबाट राम्रो प्रतिक्रिया पाइरहेका छौँ’, उनले भने, ‘तर उत्पादनले बजारको माग धान्न अझै कठिन भइरहेको छ ।’

    स्थानीय बजारमा भने उनले प्रशोधित कफी प्रतिकेजी करिब रु तीन हजारमा बिक्री गर्दै आएका छन् । कफीको माग निरन्तर बढिरहेको भए पनि उत्पादन विस्तार गर्न थप लगानी, प्राविधिक सहयोग र दक्ष जनशक्ति आवश्यक रहेको उनले अनुभव सुनाए । कृषि क्षेत्रमा सरकारी निकायबाट प्राविधिक सहयोग र बजार व्यवस्थापनमा थप सहजीकरण आवश्यक रहेको उनको भनाइ छ ।

    हाल उहाँको फार्मबाट वार्षिक पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ । आगामी केही वर्षभित्र सबै बोटहरूले पूर्ण रूपमा उत्पादन दिन थालेपछि वार्षिक २० देखि २५ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेको उनले बताए।

    ‘अहिले लगानीको चरणमा छु’, उनले भने, ‘केही वर्षपछि राम्रो प्रतिफल आउने अपेक्षा राखेको छु ।’

    काठमाडौँमा आफ्नै घर हुँदाहुँदै गाउँ फर्किएर कृषिमा लाग्ने निर्णयबारे उहाँले आत्मनिर्भरता र गाउँमै अवसर सिर्जना गर्ने उद्देश्य रहेको बताए। ‘युवाहरू विदेश जाने क्रम बढ्दो छ’, उनले भने, ‘तर गाउँमै पनि राम्रो सम्भावना छ भन्ने देखाउन चाहेको हुँ ।’

    उनको पहलले स्थानीयस्तरमै रोजगारी सृजना गर्नुका साथै आधुनिक कृषि प्रविधि प्रयोगमार्फत उत्पादन वृद्धि गर्न प्रेरणा दिएको स्थानीयवासीले बताएका छन् । कृषिमा व्यावसायिक सोच र दीर्घकालीन योजना आवश्यक हुने सन्देश उनको अभ्यासले दिएको छ ।

    जीवन थापाको यो यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र नभई गाउँ फर्केर केही गर्न चाहने युवाका लागि प्रेरणाको स्रोत बनेको छ । गाउँमै सम्भावना खोज्ने र त्यसलाई व्यवहारमा उतार्ने हो भने कृषिबाट पनि सम्मानजनक आम्दानी लिन सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरे ।

    उनले अन्य किसानले उत्पादन गरेको कफी खरिदसमेत गर्दै आएका छन् । किसानलाई कफीखेतीतर्फ आकर्षित गर्न आफूले जानेको ज्ञान र सीप बाँड्दै आएको उनले बताए । किसानहरूले उत्पादन गरेको कफीलाई एकीकृत रूपमा संकलन, भण्डारण र बिक्री गर्ने वातावरण बनेमा अझ सहज हुने उनको भनाइ छ ।

    उमेरले ७१ वर्ष पुगेका थापा कृषिमा लगानी, लगनशीलता र दूरदृष्टिको उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित भएका छन् ।

    Post Views: 36
    प्रकाशित मिति: २०८३ असार २६, शुक्रबार ०९:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.