• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

हात्ती पीडित बोटे परिवारलाई सहयोग

  •  नेपाल चौतारी
  • २०८३ असार २६, शुक्रबार १०:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन। जंगली हात्ती ध्रुवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का पीडित परिवारलाई विभिन्न सङ्घ संस्थाले राहत दिएका छन्। सरकारी र निजी क्षेत्रबाट सहयोग प्राप्त भएको हो।

    ध्रुवेले गत शनिबार राति भरतपुर–२३ मा आमाछोराको ज्यान लिएको थियो। शनिबार राति घरमै बसिरहेका बेला अचानक जंगलबाट आएको ध्रुवेले २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो। हात्ती धपाउन आशिकाका श्रीमान् पुनु बोटेले आगो बाल्न खोज्दा घर नै जलेर नष्ट समेत भएको थियो।

    चितवन राष्ट्रिय निकुञ्जले राहत रकम हस्तान्तरण गरेको छ। निकुञ्जले प्रतिव्यक्ति रु १० लाखका दरले रु २० लाख र किरिया खर्चबापत एक लाख हस्तान्तरण गरेको छ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुन र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रुपमा तत्काल राहत कोषबाट किरिया खर्चबापत एक लाख र वन्यजन्तुबाट भएको क्षतिको राहत निर्देशिका २०८० अनुसार रु २० लाख मृतकका श्रीमान् पुनु बोटेलाई हस्तान्तरण गरेका हुन्।

    निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार पीडित परिवारलाई घर बनाउनका लागि आवश्यक काठ र ढुङ्गा, गिट्टी उपलब्ध गराइने छ।

    यस्तै पीडित परिवारलाई भरतपुर महानगरपालिकाले चार लाख, खाद्यान्न र कपडा सहयोग गरेको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीसहितको टोलीले सहयोग हस्तान्तरण गरेको हो।

    नेपाल बोटे समाजबाट रु ६० हजार, नेपाली कांग्रेस चितवनद्वारा रु ३० हजार, जिल्ला प्रशासन कार्यालयबाट रु १५ हजार, केरुङ्गा मध्यवर्ती सामुदायिक वनबाट रु ५० हजार, जिल्ला समन्वय समिति चितवनबाट रु २३ हजार सहयोग गरिएको भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए।

    उनका अनुसार पूर्वमन्त्री विक्रम पाण्डेबाट खाद्यान्न र लत्ताकपडा, नेपाल रेडक्रस सोसाईटी उपशाखा जगतपुरबाट त्रिपाल, कम्मल र भाँडा, बेलहट्टा हरियाली युवा क्लबले अस्थायी आश्रयस्थल प्रदान गरेको छ।

    अन्य विभिन्न व्यक्ति र सङ्घ संस्थाले पनि सानो सानो सहयोग गरिरहेको वडाध्यक्ष दवाडीले जानकारी दिए।

    Post Views: 41
    प्रकाशित मिति: २०८३ असार २६, शुक्रबार १०:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.