• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इतिहासका तीन घटना: कुन घटना पछ्याउलान गगनले ?

  •  नेपाल चौतारी
  • २०८३ असार २६, शुक्रबार १२:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    देशकै पुरानो र अनुभवी पार्टी नेपाली कांग्रेस अहिले विभाजनको संघारमा छ । विषेश महाधिवेशन कि नियमित महाधिवेशन भन्नेबाट सुरु भएको नेपाली कांग्रेसको विभाजनको विउ विषेश महाधिवेशनसंगै रोपिएको थियो । अहिले आएर विषेश महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कांग्रेसले सानेपाबाट र १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाले कार्यबाहकको जिम्मेवारी दिएका पूर्णबहादुर खड्काको नेतृत्वको कांग्रेसले चुनदेविबाट समानान्तर गतिविधी संचालन गरिरहेका छन् । दुवै कांग्रेसका यी गतिविधि राजनीति दल विभाजनको संघारमा हुने गतिविधि जस्तै देखिएका छन् । पार्टी नेतृत्वले सुझबुझ देखाउदा विभाजन रोकिएको र नेतृत्वले सुझबुझ नदेखाउदा कांग्रेस विभाजन भएको इतिहाँस छ ।

    पहिलो: विसं २०१६/०१७ सालमा राजा महेन्द्रले माग गरेको पैसा दिने कि नदिने भन्नेमा बीपी कोइराला र गणेशमान सिंहबीच तीव्र विवाद भयो । बीपी दिने पक्षमा गणेशमानजी नदिने पक्षमा । एकदिन मन्त्री पद छाड्ने दृढ निश्चयकासाथ गणेशमानजीले बीपीविरुद्ध लैनचौरमा ठूलो सभा गरे । बीपी प्रधानमन्त्री एवं पार्टी सभापति थिए । गणेशमानजी मन्त्री र पार्टी केन्द्रीय सदस्य थिए । त्यो बेलामा नि कांग्रेसका विभाजनको संघारमा पुगेको थियो । तर, बीपी भोलीपल्ट विहानै मंगला भाउजुले बनाएको कफी नपिएको धेरै भयो आज तलतल लाग्यो भन्दै बिहानै गणेशमान सिंहको ओच्छ्यानमा पुग्नुभयो । वीपीले राजनीतिबाहेकका अरू कुरा गर्दै र हँसाउँदै एक डेढ घण्टा बस्नुभएछ । अघिल्लो दिनको सभाको कुनै कुरा नभएपछि गणेशमानजी आफैंले अघिल्लो दिन आफूले गरेको भाषण सम्झाएछन् । तर, फेरि बीपीले भन्नुभएछ त्यसैले त तपाई गणेशमान सिं हो नि । यति नभन्ने हो भने गणेशमानको परिचय कसरी रहन्छ र ? अनि बीपी हाँस्तै हिँड्नु भएछ र गणेशमानजीको रीस पानीपानी भएछ । कांग्रेस विभाजनको मुखबाट जोगिएको थियो ।

    दोश्रो: कांग्रेसको वीपी र गणेशनमान सिंहको पालाको भन्दा चर्को द्धन्द कांग्रेसमा २०५१ म देखिएको सोही साल असारमा संसद् विघटन भयो । कांग्रेसका सांसदहरू ३६ से र ७४ मा विभाजित थिए । यही कारण संसद तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरे । कोइराला महामन्त्री र कांग्रेस सभापति कृष्णप्रसाद भट्टराई थिए । कोइराला पक्षले साउन १२ गते प्रज्ञा भवन कमलादीमा राष्ट्रिय भेला आयोजना ग¥यो । भेलाको आयोजनाको उद्देश्य सभापतिबाट कृष्णप्रसादलाई निष्काशन गर्ने, नयाँ पार्टी गठन गर्ने थियो । तर, भट्टराई आफ्नाविरुद्धको त्यो भेलामा दिनभरी बस्नुभयो र सबैका कुरा सुन्नुभयो । अत्यन्त अपमानजनक शब्दहरू प्रयोग भएका थिए किशुनजीविरुद्ध कोइराला समर्थकहरूबाट । तर उहाँको उपस्थितिले कांग्रेसमा विभाजन रोकियो ।

    तेस्रो: यो भन्दा पनि ठूलो संकट २०५९ सालमा आयो कांग्रेसमा । माओवादी युद्ध विरुद्ध लगाइएको संकटबाल थप गर्ने कि नगर्ने भन्ने विषयमा । त्यो बेला प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री र पार्टी सभापति गिरिजाप्रसाद कोइराला थिए । पार्टीको निर्देशन विपरित देउवाले संकटकाल ६ महिना बढाउने निर्णय गरे । कांग्रेसले देउवालाई साधारण सदस्य समेत नरहने गरि कारवाही ग¥यो । देउवाले प्रधानमन्बी भएकै समयमा आफूमाथि अन्याय भएको भन्दै बानेश्वरको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रिय भेला बोलाए । धरैले कृष्णप्रसाद भट्टराईले २०५१ सालमा झै भेलामा उपस्थित भएर पार्टी जोगाउन पनि सुझाव दिएका थिए । तर कोइरालाले नमान्दा कांग्रेस विभाजन भयो ।

    नेपाली कांग्रेसको इतिहास हेर्दा पार्टी विभाजन जोगाउन चाहेमा सभापतिबाट मात्र संभव छ भन्ने देखिन्छ । सभापति अलिकति लचिलो भए पार्टीमा विभाजन हुँदैन मेरै गोरुको बाह्रैटक्का भनेमा विभाजन रोकिँदैन । कांग्रेस इतिहासले पढाएको पाठ यही हो ।

    Post Views: 104
    प्रकाशित मिति: २०८३ असार २६, शुक्रबार १२:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.