• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग

  •  नेपाल चौतारी
  • २०८३ असार २६, शुक्रबार १५:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ — सांसदहरूले मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेको र पछि निधन भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।

    प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सांसद वासना थापालाई बोल्ने समय दिएका थिए।

    सांसद थापाले गणेश नेपालीले बिहीबार गरेको आत्मदाह प्रयासबारे सरकार मौन बसेको भन्दै प्रश्न उठाइन्। उनले सामान्य विषयमा नागरिकले यति ठूलो कदम चाल्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद् भएको बताइन्।

    उनले हरियो रङको बसलाई निलो बनाउँदैमा नागरिकको सुरक्षा सुनिश्चित नहुने उल्लेख गर्दै राज्यले जनताको वास्तविक समस्या सम्बोधन गर्नुपर्ने बताइन्। सुकुमवासी तथा विपन्न नागरिकसमेत कठिन परिस्थितिका कारण चरम कदम चाल्न बाध्य हुने अवस्था आएको उनको भनाइ थियो।

    सांसद भूमिका लिम्बू सुब्बाले मोटरसाइकल पार्किङ गरेको विषयमा गणेश नेपालीलाई रु १० हजार जरिवाना गरिएको र त्यसपछि उनले आत्मदाहको प्रयास गरेको उल्लेख गर्दै यस्तो परिस्थिति सिर्जना हुनु गम्भीर विषय भएको बताइन्। उनले नागरिकलाई किन बाँच्न कठिन बनाइँदै छ भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

    सांसद पार्वती विकले गणेश नेपालीजस्ता नागरिकले जिउँदै जल्नुपर्ने अवस्था आउनु राज्यका लागि गम्भीर प्रश्न भएको बताउँदै मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिन्। सांसद राधिका रम्तेलले पनि घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने धारणा राखिन्।

    सांसद ज्ञानबहादुर शाहीले गरिब र विपन्न नागरिकका लागि राजधानीमै जीवनयापन कठिन बन्दै गएको बताए। राज्यका सुविधा र अवसर सीमित वर्गको पक्षमा मात्र केन्द्रित भएको आरोप लगाउँदै उनले जनताले उच्च कर तिरे पनि आधारभूत सेवा र सुरक्षाको अनुभूति गर्न नसकेको बताए।

    Post Views: 40
    प्रकाशित मिति: २०८३ असार २६, शुक्रबार १५:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.