• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा भारी वर्षा

  •  नेपाल चौतारी
  • २०८३ असार २९, सोमबार १७:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । उपत्यकासहित देशका अधिकांश क्षेत्रमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानबाहेक अन्य प्रदेशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको हो।

    विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार केही स्थानमा भारीदेखि अति भारी वर्षा भएको छ भने कतिपय क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। उनले वर्षाको क्रम अझै जारी रहने र आज राति मौसमी प्रणाली थप सक्रिय भई वर्षा बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

    विभागको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मकवानपुरगढी र म्याग्दीमा समान १२१ मिलिमिटर वर्षा मापन भएको छ। यी क्षेत्रमा अति भारी वर्षा भएको हो। त्यस्तै सुनसरीमा ११७ मिलिमिटर र उदयपुरमा १०६ मिलिमिटर वर्षा भएको छ।

    काठमाडौं उपत्यकामा पनि भारी वर्षा भएको छ। काठमाडौंको चन्द्रागिरि वर्षामापन केन्द्रमा ९३ दशमलव ६ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ।

    त्यसैगरी सिन्धुलीमा ९३, झापामा ८४, सङ्खुवासभामा ५२, ताप्लेजुङमा ६४, सोलुखुम्बुमा ५८, सिन्धुपाल्चोकमा ६८, चितवनमा ८४, नवलपुरमा ८५, नवलपरासी पश्चिममा ६९, पाल्पामा ९८, बाँकेमा ५७ र कैलालीमा ५७ मिलिमिटर वर्षा भएको छ।

    विभागका अनुसार अन्य अधिकांश जिल्लामा मध्यम वर्षा भइरहेको छ। काठमाडौंसहित उदयपुर, लमजुङ, सिन्धुपाल्चोक, चितवन, खोटाङ, बागलुङ र पर्वतलगायतका क्षेत्रमा वर्षा जारी छ।

    हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि र नेपालको तराई क्षेत्र नजिक रहेकाले वर्षाको गतिविधि बढेको मौसमविद् अर्यालले जानकारी दिए।

    विभागका अनुसार आज राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ। त्यस्तै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

    मौसमविद् अर्यालका अनुसार वर्षा गराउने मौसमी प्रणाली दिउँसोको तुलनामा रातिको समयमा बढी सक्रिय हुने सम्भावना रहेकाले राति थप सतर्कता अपनाउन आवश्यक छ।

    Post Views: 39
    प्रकाशित मिति: २०८३ असार २९, सोमबार १७:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.