• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

  •  नेपाल चौतारी
  • २०८३ असार ३०, मंगलवार १७:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन–नारायणगढ–मुग्लिन सडकखण्डका १५ स्थानमा खसेको पहिरो हटाइएपछि यातायात दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

    सोमबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण साँझ ७ बजेदेखि सडकका विभिन्न स्थानमा पहिरो खस्न थालेको थियो। रातभर पहिरो खसिरहेकाले सडक अवरुद्ध बनेको थियो। डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार मंगलबार बिहानसम्म सबै स्थानको पहिरो हटाइएपछि सवारी आवागमन पुनः सुचारु गरिएको हो।

    सडकमा खसेको पहिरो हटाउन रातिदेखि नै दुईवटा लोडरसहितका उपकरण परिचालन गरिएको थियो।

    इन्जिनियर घिमिरेका अनुसार भतेरी, खोरखोला, १५ किलो, ११ किलो, १६ किलो, १९ किलो, सेतीदोभानका दुई स्थान, घुमाउने, सिमलतालका दुई स्थान, २५ किलो, जलविरे, नाम्सी खोला र तुइन खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। तीमध्ये सेतीदोभानमा सडक पूर्ण रूपमा बन्द भएको थियो भने अन्य स्थानमा एकतर्फी रूपमा मात्रै यातायात प्रभावित भएको थियो।

    राति १ बजेसम्म अधिकांश स्थानमा सवारी सञ्चालन गर्न सक्ने गरी पहिरो हटाइए पनि केही स्थानमा पुनः पहिरो खस्ने तथा थप पहिरो जाने जोखिम रहेकाले बिहानसम्म सावधानी अपनाइएको थियो।

    स्थानीय प्रशासनले वर्षायाममा यस सडकखण्डमा जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम रहेकाले विशेषगरी रातिको समयमा सकेसम्म यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

    Post Views: 36
    प्रकाशित मिति: २०८३ असार ३०, मंगलवार १७:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.