• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बागलुङमा सिँचाइ सुविधा विस्तार

  •  नेपाल चौतारी
  • २०८३ असार ३१, बुधबार ०७:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गलकोट (बागलुङ) । बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न भएका छन् । ती योजनाबाट थप ८० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।

    जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा स्वीकृत ११४ सिँचाइ योजनामध्ये १०७ वटा सम्पन्न भएका छन् । सिँचाइ कुलो र नदी नियन्त्रणका लागि रु १२ करोड ६६ लाख ५० हजार बजेट विनियोजन गरिएको थियो ।

    कार्यालयका प्रशासकीय अधिकृत बाबुराम आचार्यका अनुसार योजना सम्पन्न भएपछि ८० हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार भएको छ । यससँगै जिल्लामा ६ हजार ९४४ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको उनले बताए ।

    आचार्यका अनुसार स्वीकृत ११४ योजनामध्ये सात वटा विभिन्न कारणले कार्यान्वयन हुन सकेनन् । प्राविधिक समस्या, स्थलगत कठिनाइ, ठूलो लागतका योजना भए पनि पर्याप्त बजेट नहुनु र अन्य कारणले ती योजना रोकिएका हुन् ।

    निसीखोलाको एउटा योजना ढोरपाटन सिकार आरक्षभित्र परेकाले काम गर्न नसकिएको उनले बताए । केही योजनामा लागत धेरै भए पनि बजेट कम भएकाले कार्यान्वयन हुन सकेन ।

    जाउलेपानी–मधु सिँचाइ योजना आरक्ष क्षेत्रभित्र परेकाले रोकिएको हो भने खाराखेतदेखि भब्रेटा–झिङ्गलबारी–रातामाटा–घम्सिन–सोरबोट–खप्तरीबाङ सिँचाइ योजना लिफ्टिङ प्रणालीबाट सञ्चालन गर्नुपर्ने भएकाले प्राविधिक रूपमा कार्यान्वयन गर्न कठिन भएको उनले बताए ।

    यस्तै, बागपानी–कटुवाल डेरा सिँचाइ योजना, निसीखोला–५ का लागि दुई पटक ठेक्का आह्वान गर्दा पनि कुनै निर्माण कम्पनीले आवेदन नदिएको उनले जानकारी दिए ।

    जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका प्रमुख सुजन खड्काले ठूलो लागतका योजनामा पर्याप्त बजेट नआउँदा कार्यान्वयनमा समस्या भएको बताए । रु एक करोड लागतको योजनामा १० लाख मात्र बजेट आउँदा काम गर्न चुनौती भएको उनको भनाइ छ ।

    उनका अनुसार केही योजनाको स्रोत सुनिश्चित गरी आगामी आर्थिक वर्षदेखि बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन गर्ने गरी ठेक्का लगाइएको छ । काठेखोलाको रेश, बडिगाडको मालारानी र तमानखोलाको नर्जाखानीलगायत योजना १५ वटा प्याकेजमा ठेक्का लगाइएको उनले जानकारी दिए ।

    “हामीले नयाँ संरचना निर्माण गर्नुका साथै पुराना सिँचाइ कुलोको मर्मत पनि गरेका छौँ,” प्रमुख खड्काले भने, “सिँचाइ सुविधा पुगेपछि केही बाँझो जमिनमा पनि यस वर्ष धान रोपिएको छ ।

    Post Views: 46
    प्रकाशित मिति: २०८३ असार ३१, बुधबार ०७:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.