• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

  •  नेपाल चौतारी
  • २०८३ असार ३१, बुधबार ०७:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लमजुङ । ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । विसं २०४१ देखि जिल्लामा विस्तार हुन थालेको सो खेती अहिले प्रमुख नगदेबालीका रूपमा स्थापित भएको छ ।

    पहाडी भूगोल, चिस्यानयुक्त वातावरण तथा खोल्सा–खोल्सी र छायाँ पर्ने जमिन अलैँची खेतीका लागि उपयुक्त मानिन्छ । यही कारण जिल्लामा यसको खेती विस्तार हुँदै गएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा त्यस खेतीतर्फ आकर्षित हुन थालेपछि लमजुङ अलैँची उत्पादनको महत्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ ।

    मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ दुबईबाट फर्किएर नगदेबालीमा लागेका छन् । उनले ४० रोपनीमा अलैँची खेती विस्तार गरेका छन् । दाना र बिरुवा बिक्रीबाट उहाँले वार्षिक करिब रु १५ लाख बराबर आम्दानी गर्दै आएका छन् ।

    उनी नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक छन् भने यसअघि लमजुङ शाखाको अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

    उनका अनुसार केही वर्षअघि गाउँमै पर्याप्त आम्दानीको आधार नभएपछि रोजगारीका लागि गाउँ छाडेर सहर जानुपरेको थियो । अलैँची खेतीको सम्भावना देखेर उनी गाउँ फर्किएका हुन् । अहिले यही व्यवसायबाट परिवारको खर्च धान्दै सम्मानजनक आम्दानी गर्न सफल भएको र गाउँमै बसेर पनि राम्रो भविष्य बनाउन सकिने उनले बताए ।

    नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष सोमबहादुर तामाङ पनि वैदेशिक रोजगारीबाट फर्किएर अलैँची खेतीमा सफल रहेका छन् । दश वर्ष मलेसियामा रोजगारी गरेर फर्किएका उनले बेँसीसहर नगरपालिका–१० खाँचेमा २५ वर्षदेखि उक्त खेती गर्दै आएका छन् ।

    एक रोपनीबाट सुरु गरिएको खेती अहिले ३० रोपनीभन्दा बढी क्षेत्रफलमा विस्तार भएको छ । केही वर्षअघि रोगका कारण पुराना बोट हटाएर नयाँ बिरुवा लगाउनुपरे पनि अहिले बगान पुनः राम्रो अवस्थामा पुगेको छ । यस वर्ष उनले थप नयाँ बिरुवासमेत रोपेका छन् ।

    उनका अनुसार रोग लाग्नुअघि गाउँका धेरै किसानले वार्षिक रु १५ लाखभन्दा बढी आम्दानी गर्ने गरेका थिए । पछिल्ला केही वर्ष रोग र मूल्यका कारण आम्दानी घटे पनि यस वर्ष उत्पादन र मूल्य दुवैमा सुधार आएपछि किसान उत्साहित भएका छन् ।

    सो खेतीबाट प्राप्त आम्दानीले उनले चितवनमा एक कट्ठा जग्गा खरिद गर्नुभएको छ भने गाउँमै चारकोठे घर निर्माण गरेका छन् । विदेशमा भन्दा आफ्नै गाउँमा परिवारसँग बसेर कृषि व्यवसाय गर्दा कम दुःखमा राम्रो आम्दानी गर्न सकिने अनुभव उनको छ ।

    अलैँची खेतीकै कारण पहिले बाझिँदै गएका पाखापखेरा अहिले हराभरा बगानमा परिणत भएका छन् । गाउँ छाडेर गएका केही युवा पनि फर्किएर खेतीमा लाग्न थालेका छन् । यसले गाउँ उजाडिनबाट जोगाउनाका साथै स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर बढाएको उनले बताए ।

    मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाकी चित्रमाया तामाङले चालु आर्थिक वर्षमा जिल्लामै सबैभन्दा बढी रु २० लाख बराबरको अलैँची बिक्री गरिन् ।

    जिल्लाका आस गुरुङ, कामरासी गुरुङ, दिलमाया गुरुङ र भुपाल कुँवरलगायतका किसानले पनि यस खेतीबाट वार्षिक रूपमा राम्रो आम्दानी गर्दै आएका छन् । जिल्लामा सबैभन्दा बढी अलैँची उत्पादन र कारोबार मस्र्याङ्दी गाउँपालिकामा हुने गरेको उनको भनाइ छ ।

    मस्र्याङ्दी गाउँपालिका–५ का गज घले पनि पाँच वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएपछि अलैँची खेतीमा लागेका हुन् । हाल सात रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका उनले वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् ।

    विदेशको रोजगारी छाडेर आफ्नै गाउँमा अलैँची खेती गर्दै परिवारसँग बस्न पाउँदा सन्तुष्ट रहेको र आगामी दिनमा व्यवसायलाई अझ विस्तार गर्ने सोच रहेको उनले जानकारी दिए ।

    मस्र्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले पनि मलेसियामा १० वर्ष रोजगारी गरेपछि स्वदेश फर्किएर अलैंची खेतीलाई व्यावसायिक बनाएका हुन् । एक रोपनीबाट सुरु गरिएको खेती अहिले ३० रोपनीभन्दा बढीमा विस्तार भएको छ । यस वर्ष चार क्विन्टलभन्दा बढी अलैँची उत्पादन हुने र करिब रु आठ लाख आम्दानी हुने उनले सुनाए ।

    उनका अनुसार विदेशमा भन्दा आफ्नै गाउँमा परिवारसँग बसेर कम दुःखमा राम्रो आम्दानी गर्न सकिएको छ । अलैँची खेतीबाट घरपरिवारको खर्च धान्नुका साथै अन्य कृषि व्यवसाय विस्तार गर्न पनि सहज भएको उनको अनुभव छ ।

    कम लगानी र तुलनात्मक रूपमा कम मिहिनेतमै राम्रो आम्दानी गर्न सकिने भएकाले अलैँची खेतीको भविष्य राम्रो रहेको उनले बताए । मूल्यमा हुने उतारचढाव, रोग व्यवस्थापन र उत्पादनमा आउने कमी अझै पनि कृषकका मुख्य चुनौतीका रूपमा छन् ।

    केही वर्षअघि रोगका कारण धेरै बगान प्रभावित भए पनि अहिले नयाँ बिरुवा विस्तार भएसँगै उत्पादन क्रमशः सुधार हुँदै गएको छ । विगतका केही वर्ष मूल्य सन्तोषजनक नभए पनि यस वर्ष प्रतिकिलो रु एक हजार ८०० देखि रु दुई हजार ५०० बराबरको मूल्य पाएपछि किसान उत्साहित भएका छन् ।

    राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अलैँची बिक्रीबाट रु २४ करोड ३० लाख बराबरको आम्दानी भएको छ । गत आर्थिक वर्षको तुलनामा उत्पादन घटे पनि मूल्य बढेका कारण किसानको आम्दानी बढेको उनको भनाइ छ ।

    छिमेकी मुलुक भारतमा समेत अलैँची उत्पादन घटेकाले माग बढ्दा यहाँका किसानले राम्रो मूल्य पाएका हुन् । कृषि अधिकृत मिजारका अनुसार उत्पादन वृद्धि, रोग व्यवस्थापन, गुणस्तरीय बिरुवा उपलब्ध गराउने तथा प्राविधिक सहयोगलाई प्राथमिकताका साथ अघि बढाइएको छ । किसानलाई आवश्यक तालिम, सचेतनामूलक कार्यक्रम तथा विभिन्न सहयोग उपलब्ध गराउँदै सो खेतीको उत्पादन र गुणस्तर सुधारमा काम भइरहेको उनले बताए ।

    परियोजनाका अनुसार जिल्लामा हाल ७५० हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको छ भने ३७५ हेक्टर क्षेत्रफलमा उत्पादन भइरहेको छ ।

    मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्होलासोथर गाउँपालिका, दूधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकालाई अलैँची जोन क्षेत्रका रूपमा घोषणा गरिएको छ ।

    लमजुङमा ७०० देखि एक हजार २०० मिटर उचाइमा साउने, जिर्मले र डम्बरशाही, एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइमा गोलशाही तथा एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची खेती हुँदै आएको छ ।

    अलैँची खेतीले लमजुङका किसानलाई आयआर्जनको भरपर्दो आधार दिएको छ । यसले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमै रोजगारी सिर्जना गर्न, बाँझो जमिनको सदुपयोग गर्न र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याएको छ ।

    उत्पादन वृद्धि, रोग व्यवस्थापन, गुणस्तर सुधार र स्थिर बजार सुनिश्चित गर्न सके ‘कालो सुन’ अलैँचीले आगामी दिनमा लमजुङको ग्रामीण अर्थतन्त्रलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

    Post Views: 44
    प्रकाशित मिति: २०८३ असार ३१, बुधबार ०७:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.