• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने

  •  नेपाल चौतारी
  • २०८३ असार ३१, बुधबार १७:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेश सरकारमा नेकपा एमालेसँग गरेको सहकार्य अन्त्य गर्ने तयारी गरेको छ।

    प्रदेश सरकार सञ्चालनमा एमालेको व्यवहार र भूमिकाप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णयतर्फ अघि बढेको हो।

    कांग्रेस स्रोतका अनुसार शीर्ष नेताहरूबीच भएको निरन्तर छलफलबाट एमालेसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने निष्कर्ष निकालिएको छ। अब प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरिएको एक पदाधिकारीले जानकारी दिए।

    ‘सातवटै प्रदेश सरकारमा रहेका हाम्रा मन्त्रीहरू फिर्ता बोलाउँछौं,’ कांग्रेसका एक पदाधिकारीले भने।

    यसअघि बिहीबार मात्रै कर्णाली प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए भने सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले एमालेका मन्त्रीहरूलाई हटाएको थियो।

    कर्णालीमा एमाले नेतृत्वको सरकार छ भने सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार सञ्चालनमा छ। पछिल्ला घटनाक्रमसँगै अन्य प्रदेशमा पनि कांग्रेस–एमालेबीच भएको सहकार्य भंग हुने संकेत देखिएको छ।

    कांग्रेस नेताहरूका अनुसार प्रदेश सरकारहरूमा अन्य राजनीतिक दलसँग नयाँ समझदारी बने सरकारमा रहने विकल्पबारे छलफल भइरहेको छ। अन्यथा सबै प्रदेशमा प्रतिपक्षी भूमिकामा बस्ने निष्कर्षमा कांग्रेस पुगेको बताइएको छ।

    Post Views: 61
    प्रकाशित मिति: २०८३ असार ३१, बुधबार १७:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.