• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती

  •  नेपाल चौतारी
  • २०८३ असार ३२, बिहीबार १२:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बागलुङ । नेपालकै एकमात्र सिकार आरक्ष रहेको ढोरपाटनको बुकीपाटनमा पछिल्ला वर्षहरूमा पर्यटकको आगमन उल्लेख्य रूपमा बढेसँगै प्लास्टिक तथा सिसाजन्य फोहोरको समस्या पनि गम्भीर बन्दै गएको छ। पर्यटकले प्रयोगपछि प्लास्टिकका बोतल, चाउचाउ र बिस्कुटका खोल, बियरका बोतललगायतका फोहोर जथाभावी फ्याँक्ने गरेका कारण यस क्षेत्रको प्राकृतिक सौन्दर्य र वातावरणमा नकारात्मक असर पर्न थालेको स्थानीयले बताएका छन्।

    ढोरपाटन नगरपालिका–९ का तीर्थबहादुर घर्तीमगरका अनुसार चार वर्षअघिसम्म गोठालाको बसोबास मात्र हुने बुकीपाटनमा अहिले दैनिक सयौँ पर्यटक पुग्न थालेका छन्। पर्यटकको संख्या बढेसँगै पाटनभरि प्लास्टिक र सिसाका फोहोर छरिन थालेका छन्, जसले क्षेत्रको आकर्षणलाई नै कुरूप बनाएको छ। उनले पर्यटकले जथाभावी फोहोर फाल्नुका साथै वनफूल कोपिलामै टिप्ने प्रवृत्तिले जैविक विविधतासमेत जोखिममा परेको बताए।

    समुद्री सतहबाट करिब ४,२०० मिटर उचाइमा रहेको यस रमणीय क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापनतर्फ सम्बन्धित निकायले आवश्यक ध्यान नदिएको स्थानीयको गुनासो छ। बुकीपाटन बागलुङको महत्वपूर्ण प्राकृतिक सम्पत्ति भएकाले यसको संरक्षण सबैको साझा जिम्मेवारी भएको उनीहरूको भनाइ छ।

    बुकीपाटन मात्र होइन, ढोरपाटन उपत्यकाको पाखाथरदेखि पदमार्ग हुँदै कोल्सा, डाँडा, खोला र पाटनसम्म बिस्कुट तथा चाउचाउका प्लास्टिक, पानीका बोतल, रेडबुलका क्यान र सिसाजन्य फोहोर छरिएका भेटिन्छन्। स्थानीयका अनुसार सिकार आरक्ष प्रशासनले पनि फोहोर व्यवस्थापनमा सक्रिय भूमिका खेल्न आवश्यक छ।

    ढोरपाटन नगरपालिका–६ का किसान तुलबहादुर अदैका अनुसार पर्यटकले फालेका प्लास्टिकजन्य फोहोर घाँससँगै मिसिएर वस्तुभाउले खाने गरेका छन्, जसका कारण पशु बिरामी पर्ने र कतिपय मर्ने अवस्था समेत आएको छ। गोठालाले फोहोर संकलनका लागि विभिन्न स्थानमा खाल्डा बनाइदिए पनि धेरै पर्यटकले त्यसको प्रयोग नगरी जथाभावी फोहोर फाल्ने गरेको उनले बताए। गर्पाछेडा, दहखर्क, फुर्सेदेउराली, टीकाधारा र फागुने क्षेत्रमा फोहोरको समस्या बढी देखिएको उनको भनाइ छ।

    स्थानीय कुलबहादुर विकका अनुसार गत वर्ष मात्रै बुकीपाटन क्षेत्रमा छरिएका प्लास्टिक खाएर करिब ६० वटा भेडाबाख्रा तथा गाईभैँसी बिरामी परेका थिए। बागलुङ, रोल्पा, रुकुम, डोल्पा र म्याग्दीबाट गोठालाहरू आफ्ना पशुचौपाया पोसिलो घाँस चराउन यस क्षेत्रमा ल्याउने भएकाले प्लास्टिकजन्य फोहोरले पशुपालनमा समेत गम्भीर असर पुर्‍याउन थालेको छ।

    स्थानीयले बुकीपाटनको प्राकृतिक सौन्दर्य, जैविक विविधता र वातावरणीय सन्तुलन जोगाउन पर्यटक, स्थानीय समुदाय तथा सम्बन्धित निकाय सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

    Post Views: 39
    प्रकाशित मिति: २०८३ असार ३२, बिहीबार १२:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.