• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित ६ जना र १० कम्पनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

  •  नेपाल चौतारी
  • २०८३ असार ३२, बिहीबार २१:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा एमाले नेता विष्णु पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

    विभागका अनुसार प्रतिवादी बनाइएकामध्ये विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवाल, शुलभ अग्रवाल, उपेश बस्नेत र ऋषिराज मोर रहेका छन्। साथै फेवा डेभलपर्स प्रा.लि., वेगनास डेभलपर्स प्रा.लि., रिजेन्ट कोर्ट प्रा.लि., अल्फा डेभलपर्स प्रा.लि., श्रीनगर डेभलपर्स प्रा.लि., डेल्टा डेभलपर्स प्रा.लि., लेखनाथ डेभलपर्स प्रा.लिसहित १० कम्पनीलाई पनि मुद्दामा प्रतिवादी कायम गरिएको विभागले जनाएको छ।

    अभियोगपत्रअनुसार पूर्वअर्थमन्त्री पौडेलमाथि मुख्य प्रतिवादी दीपक भट्टलगायतका व्यक्तिहरूले गैरकानुनी रूपमा आर्जन गरेको भनिएको सम्पत्ति लुकाउन तथा त्यसको वास्तविक स्रोत छल्ने वातावरण सिर्जना गर्न सहयोग गरेको आरोप लगाइएको छ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका क्रममा संकलन भएका प्रमाणका आधारमा विशेष अदालतमा अभियोगपत्र दर्ता गरिएको जनाएको छ। अब उक्त मुद्दामाथि विशेष अदालतले कानुनी प्रक्रिया अघि बढाउनेछ।

    Post Views: 41
    प्रकाशित मिति: २०८३ असार ३२, बिहीबार २१:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.