• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अविरल वर्षाका कारण आधा दर्जनभन्दा बढी राजमार्ग अवरुद्ध

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ३, आईतवार ०७:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।

    सबैभन्दा बढी असर बागमती प्रदेशमा परेको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ र ८ अन्तर्गत घुमाउने र गिम्दी क्षेत्रमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, खुर्कोट–नेपालथोक सडक खण्डमा बाढीको जोखिम बढेपछि सवारी आवागमन अस्थायी रूपमा रोकिएको छ।

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत अरनिको राजमार्गको जिरो किलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। ललितपुर–मकवानपुर जोड्ने कान्ति लोकपथ पनि पहिरो र बाढीको जोखिमका कारण बन्द रहेको छ। यद्यपि, धादिङको जवादखोला क्षेत्रमा रहेको पृथ्वी राजमार्ग भने पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

    कोशी प्रदेशको इलामस्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द छ भने भोजपुरको मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा मात्रै सञ्चालन भइरहेको छ।

    गण्डकी प्रदेशमा बागलुङको बेलबगर क्षेत्रमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। नवलपरासी (पूर्व)को दाउन्ने क्षेत्रमा पूर्व–पश्चिम राजमार्गमा पहिरो खसेका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ, जसका कारण सवारी साधनको चाप बढेको छ।

    लुम्बिनी प्रदेशमा पनि पहिरोका कारण सडक सञ्जाल प्रभावित भएको छ। अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक खण्ड र गुल्मीको वामी–रिडी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

    यसैबीच, रसुवाको पासाङ ल्हामु सडक र दोलखाको सखिने क्षेत्रको सडक भने एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

    Post Views: 36
    प्रकाशित मिति: २०८३ श्रावण ३, आईतवार ०७:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.