• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रक्षेपणअनुसार बाढीको खतरा छैन : मौसम विभाग

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ३, आईतवार १७:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार अनुमान गरिएको जस्तो बाढीको खतरा नरहेको जनाएको छ ।

    यद्यपि, आज र भोलि देशका विभिन्न जिल्लाका स–साना नदीमा आकस्मिक बाढीको जोखिम भने कायम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    विभागले शनिबार विशेष मौसमी बुलेटिन जारी गर्दै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने र त्यसका कारण बाढीपहिरो तथा डुबानको जोखिम बढ्न सक्ने पूर्वानुमान गरेको थियो ।

    सोही आधारमा पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लालाई उच्च जोखिममा राख्दै विशेष बुलेटिन जारी गरिएको थियो ।

    विभागका बाढीविद् सौहार्द जोशीले वास्तविक वर्षा पूर्वानुमानको विश्लेषण गर्दा अनुमान गरिएको स्तरको बाढीको जोखिम नदेखिएको बताए ।

    ‘अति भारी वर्षाको सम्भावना भनिए पनि भारी वर्षा एक–दुई स्थानमा मात्रै भयो । वर्षा एउटै क्षेत्रमा केन्द्रित नभई छरिएर भएकाले हामीले प्रक्षेपण गरेअनुसार ठूलो बाढी जोखिम आएन’, उनले भने, ‘तर आज र भोलि केही स–साना नदीमा आकस्मिक बाढीको जोखिम भने कायम छ ।’

    उनका अनुसार आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ ।

    यद्यपि झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने स–साना नदीको बहाव उल्लेख्य बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने उच्च जोखिम रहेका जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्ने तथा अन्य पूर्वतयारीका गतिविधिलाई सशक्त बनाएको छ ।

    प्राधिकरणका अनुसार अन्य जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ भने सम्भावित विपद्को प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको छ ।

    Post Views: 41
    प्रकाशित मिति: २०८३ श्रावण ३, आईतवार १७:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.