• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

आज साउनको पहिलो सोमबार:शुपतिनाथमा चारै ढोकाबाट प्रवेशको तयारी

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ४, सोमबार ०६:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ — साउने सोमबारका अवसरमा पशुपतिनाथ मन्दिरमा हुने अत्यधिक श्रद्धालु चापलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। दर्शनार्थीलाई सहज, सुरक्षित र मर्यादित रूपमा दर्शन गराउन कोषले सुरक्षाकर्मी, स्वयंसेवक तथा विभिन्न सरकारी निकायसँग समन्वय गरी विशेष व्यवस्थापन योजना लागू गर्ने भएको हो।

    कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार साउन महिनाभरका सोमबारमा बिहान ३ बजेदेखि मन्दिरका चारवटै ढोका दर्शनार्थीका लागि खुला रहनेछन्। आरती सम्पन्न भएपछि पनि राति ८ बजेसम्म दर्शन गर्न सकिनेछ। विशेष पूजा भने बिहान ८ः३० बजेदेखि दिउँसो १२ बजेसम्म मात्र सञ्चालन हुनेछ।

    भीड व्यवस्थापनका लागि छुट्टाछुट्टै प्रवेश मार्ग

    श्रद्धालुको भीडलाई व्यवस्थित गर्न विभिन्न क्षेत्रबाट आउने भक्तजनका लागि फरक–फरक प्रवेश मार्ग निर्धारण गरिएको छ।

    सामान्य दर्शनार्थीलाई गुह्येश्वरी, गौरीघाट, उमाकुण्ड र दक्षिणामूर्ति हुँदै उत्तर ढोकाबाट प्रवेश गराई पश्चिम ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको छ। बोलबम यात्रुका लागि छुट्टै लाइन रहनेछ। उनीहरूलाई गुह्येश्वरी र जयवागेश्वरी क्षेत्र हुँदै कैलाशतर्फ प्रवेश गराई उत्तर ढोकाबाट जल अर्पण गर्ने व्यवस्था गरिएको छ।

    त्यस्तै जयवागेश्वरी, बालकुमारी र भुवनेश्वरी क्षेत्रबाट आउने दर्शनार्थीलाई नासल चोकमा जुत्ता–चप्पल व्यवस्थापन गरी निर्धारित मार्गबाट मन्दिर प्रवेश गराइनेछ।

    विशेष पूजा गर्ने भक्तजनका लागि कोष कार्यालय र गौशाला क्षेत्रबाट छुट्टै प्रवेश मार्ग सञ्चालन हुनेछ। भुवनेश्वरी चोक हुँदै पासका आधारमा विशेष पूजा गर्न सकिनेछ।

    पिङ्गलास्थान, सुमार्गी भवन, राजराजेश्वरी र पञ्चदेवल क्षेत्रबाट आउने श्रद्धालुका लागि बज्रघर हुँदै दक्षिणतर्फको मार्गबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ।

    विशेष सहज दर्शन सेवाका लागि तिलगङ्गा पर्यटक ढोकाबाट टिकट लिएका दर्शनार्थीलाई पूर्व ढोकाबाट प्रवेश गराई प्रसादीसहित सोही मार्गबाट फर्काइने व्यवस्था गरिएको कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले जानकारी दिए।

    वृद्ध, अशक्त र बालबालिकाका लागि विशेष सुविधा

    वृद्ध, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि भुवनेश्वरी चोकबाट विशेष मार्गमार्फत सहज दर्शनको व्यवस्था गरिएको छ। यो सेवा बिहान ३ बजेदेखि आरती सम्पन्न नहुन्जेलसम्म निरन्तर सञ्चालन हुनेछ।

    विशेष पूजाको शुल्क

    कोषले पञ्चामृत पूजाका लागि तीन हजार १०० रुपैयाँ तथा फलफूल र मिठाइसहितको पञ्चामृत पूजाका लागि सात हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरेको छ। दुवै पूजा बिहान ८ः३० देखि दिउँसो १२ बजेसम्म मात्र गर्न सकिनेछ।

    विशेष सहज दर्शन, पूजा र प्रसादी सेवाका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ। यो सेवा भने मन्दिर खुलेदेखि आरती सम्पन्न नहुन्जेल उपलब्ध हुनेछ।

    विशेष पूजाको रसिद मूल ढोकाअगाडि रहेको एसबिआई बैंकबाट तथा विशेष सहज दर्शनको रसिद भुवनेश्वरी चोक र तिलगङ्गा पर्यटक काउन्टरबाट लिन सकिनेछ।

    सुरक्षा, स्वास्थ्य र पार्किङको विशेष व्यवस्था

    साउने सोमबारका लागि हंशमण्डप क्षेत्रमा स्वयंसेवक, कर्मचारी र सुरक्षाकर्मीका लागि खानपानको व्यवस्था गरिएको छ। दर्शनार्थीका सवारीसाधन व्यवस्थापन गर्न तिलगङ्गा आँखा अस्पताल अगाडि, पिङ्गलास्थान, भण्डारखाल, परिषद् क्षेत्र, सिफल चौर, उमाकुण्ड र गुह्येश्वरीलगायत स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ।

    चन्दन प्रसादी वितरण पशुपति मूल ढोका, भकुन्डोलस्थित दक्षिण ढोका पाटी तथा दक्षिणामूर्ति क्षेत्रमा गरिनेछ। साथै, स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै मोबाइल शौचालय, एम्बुलेन्स र प्राथमिक उपचार सेवासमेत तयारी अवस्थामा राखिएको सदस्य सचिव श्रेष्ठले बताए।

    कोषले धार्मिक आस्था, सुरक्षा र व्यवस्थापनलाई प्राथमिकतामा राख्दै साउने सोमबारभर समन्वयात्मक रूपमा सेवा सञ्चालन गर्ने जनाएको छ।

    Post Views: 37
    प्रकाशित मिति: २०८३ श्रावण ४, सोमबार ०६:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.