• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई तीन करोड घाटा

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ४, सोमबार ०७:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि २७ दिनसम्म सर्वसाधारणका लागि बन्द गर्नुपर्दा करिब रु तीन करोड बराबरको आर्थिक क्षति भएको छ।

    राष्ट्रिय प्रकृति संरक्षण कोषले बर्डफ्लु सङ्क्रमण देखिएपछि गत असार ५ गतेदेखि चिडियाखाना बन्द गरेको थियो। आवश्यक नियन्त्रण तथा रोकथामका उपाय पूरा भएपछि साउन १ गतेदेखि पुनः सञ्चालनमा ल्याइएको हो।

    चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार सङ्क्रमण पुष्टि भएपछि नियमित सरसफाइ, सङ्क्रमित जीवजन्तुको उपचार तथा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको थियो। त्यसपछि पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी एवं रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको संयुक्त बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो।

    कोइरालाका अनुसार सामान्य अवस्थामा दैनिक एक हजार ७०० देखि एक हजार ८०० जनासम्म आगन्तुक चिडियाखाना भ्रमण गर्ने गर्थे। शनिबार पाँच हजारदेखि सात हजार र आइतबार तीन हजार ५०० देखि पाँच हजार जनासम्मको उपस्थिति हुने गरेको थियो। तर पुनः सञ्चालन भएको पहिलो दिन साउन १ गते भने ८०० जना मात्र चिडियाखाना पुगेका थिए।

    चिडियाखानाले बालबालिका र ज्येष्ठ नागरिकबाट रु १००, विद्यार्थीबाट रु १५० तथा अन्य आगन्तुकबाट रु २५० प्रवेश शुल्क लिँदै आएको छ।

    गत आर्थिक वर्षमा चिडियाखानाले करिब रु १८ करोड आम्दानी गरेको थियो। चालु आर्थिक वर्ष २०८२/८३ मा रु २१ करोड आम्दानी गर्ने लक्ष्य राखिएको भए पनि बर्डफ्लुका कारण लामो समय बन्द रहँदा उक्त लक्ष्य हासिल गर्न चुनौती थपिएको प्रशासनले जनाएको छ।

    हाल टिकट काउन्टर बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहने व्यवस्था गरिएको छ भने सबै आगन्तुकले साँझ ५ बजेसम्म चिडियाखाना परिसर छाड्नुपर्ने व्यवस्था गरिएको छ। सङ्क्रमणअघि भने टिकट काउन्टर साँझ ६ बजेसम्म सञ्चालन हुने गरेको थियो।

    Post Views: 33
    प्रकाशित मिति: २०८३ श्रावण ४, सोमबार ०७:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.