• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बालयौन दूराचारमा नेपालमा कैद पाएका केनेथ अमेरिकी अदालतबाट पनि दोषी ठहर

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ४, सोमबार १९:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। नेपालमा बालयौन दूराचारमा ९ वर्ष कैद सजाय भोगेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सलाई अमेरिकाको संघीय अदालतले नेपालमा गरेको कसुरमा दोषी ठहर गरेको छ।

    अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले आफ्नो वेवसाइटमा कुम्ब्सलाई दोषी ठहर गरेको जानकारी सार्वजनिक गरेको हो।

    नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नेपालमा सजाय भोगेर फर्किएका उनलाई अमेरिकी कानुन प्रवर्तन निकायले सेप्टेम्बर २०२५ मा पक्राउ गरेको थियो।

    कुम्ब्सन त्यसबेलादेखि हिरासतमा छन्। उनीविरुद्ध अक्टोबर २८ मा अमेरिकी अदालतले सजाय सुनाउने तयारी गरेको अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले जनाएको छ।

    बालकहरूको यौन शोषण गर्न संगठित रूपमा सिण्डिकेट सञ्चालन गरी दुर्गम गाउँहरूबाट बालक सहरमा ओसारपसार गरी विदेशी बालयौन दूराचारीलाई उपलब्ध गराउने गिरोह सञ्चालन भएको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान सुरू गरेको थियो।

    विसं २०७३ भदौ २४ गते ठमेलस्थित याम्बु होटलबाट ब्यूरोबाट खटिएको प्रहरीले कुम्ब्स र बालयौन दूराचारका निम्ती उनलाई सहयोग गर्ने काठमाडौँ स्वयम्भूका २१ वर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई पक्राउ गरेको थियो।

    जिल्ला अदालत काठमाडौँको २०७४ वैशाख १० गतेको फैसलाले कुम्ब्सलाई ९ वर्ष र पुतवारलाई चार वर्ष कैद सजाय ठहर भएको थियो।

    अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयलको सूचनामा कुम्ब्सले सन् २०१६ मा नेपाल बस्दा होटलमा आठ जना बालबालिकामाथि यौन दुव्र्यवहार गरेको र ती यौनजन्य कार्य गर्नका लागि कुम्ब्सले बल प्रयोग, जबरजस्ती नशालु पदार्थ सेवन गराउने र बालकबालिकालाई पैसाको प्रलोभनमा पार्ने जस्ता उपाय अपनाएको उल्लेख गरेको छ।

    कुम्ब्सले खिचेको पीडितको तस्बिरहरू उनका इलेक्ट्रोनिक उपकरणबाट बरामद गरिएको अमेरिकी सार्वजनिक मामिला कार्यालयले जनाएको छ।

    नेपालस्थित अमेरिकी दूतावास, केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालय र नेपालको गैरसरकारी संस्था नयाँ पाइलाबाट अनुसन्धानमा सहयोग प्राप्त भएको अमेरिकी सार्वजनिक मामिला विभागले जनाएको छ।

    Post Views: 37
    प्रकाशित मिति: २०८३ श्रावण ४, सोमबार १९:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.