• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ५, मंगलवार ०९:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुदूरपश्चिम– ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा गत आर्थिक वर्ष राष्ट्रिय परिचयपत्रका लागि ७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन भएको छ ।

    जिल्ला प्रशासन कार्यालय कैलालीको आव २०८२–८३ को वार्षिक प्रगति विवरणअनुसार ७९ हजार ५६१ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको थियो । तीमध्ये ३६ हजार २० वटा परिचयपत्र छपाइ भएर कार्यालयमा आए पनि चार हजार ७४० सेवाग्राही परिचयपत्र बुझ्न आएको स्थानीय प्रशासन शाखा प्रमुख राममूर्ति सिंहले जानकारी दिए ।

    दर्ता अभिलेख विवरण र परिचयपत्र नम्बर भएको डिजिटल कागजका आधारमा पनि आवश्यक काम गर्न सकिने भएकाले सेवाग्राही छफाइ भएका परिचयपत्र लिन समयमै नआएको हुनसक्ने उनको भनाइ छ ।

    त्यसैगरी गत आवमा कार्यालयले वंशजका आधारमा १० हजार ९८ जनालाई नागरिकता प्रदान गरेको छ । यस अवधिमा ५० जनाले अङ्गीकृत, १७ जनाले वैवाहिक अङ्गीकृत तथा १२ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । कार्यालयले नौ हजार ९२५ जनालाई नागरिकताको प्रतिलिपि र २२३ बालबालिकालाई नाबालक परिचयपत्रसमेत वितरण गरेको जनाएको छ ।

    राहदानी सेवातर्फ सात हजार ५४ आवेदन दर्ता भएकामा तीमध्ये छ हजार ७८० वटा राहदानी छपाइ भएर आएको र ६ हजार ४३८ वटा वितरण गरिएको छ । राहदानी शुल्कबाट मात्रै तीन करोड ६६ लाख ५१ हजार ६०१ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

    यसैगरी कार्यालयमा गत आव सार्वजनिक, जुवातास, खाद्यसम्बन्धी तथा सवारी दुर्घटना क्षतिपूर्तिसहित १९८ वटा नयाँ मुद्दा दर्ता भएका थिए । तीमध्ये १०८ मुद्दा फछ्र्योट भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका एक सय ९७ मुद्दामध्ये ५२ टुङ्ग्याइएको कार्यालयले जनाएको छ ।

    सङ्घसंस्था प्रशासनतर्फ ६८ नयाँ संस्था दर्ता, चार सय ९८ संस्थाको नवीकरण, एउटा शाखा विस्तार, ७८ वटा हतियार नवीकरण तथा तीनवटा नयाँ छापाखाना दर्ता गरिएको छ । द्वन्द्वपीडित राहत कार्यक्रमअन्तर्गत २२ जना घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई २८ लाख २० हजार राहत वितरण गरिएको छ भने जनआन्दोलन २०६२–६३ का शहीद परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराइएको शाखा प्रमुख सिंहले बताए ।

    आर्थिक वर्षभर राहदानी शुल्क, कम्पनी दर्ता, प्रशासनिक दण्ड–जरिवाना, हातहतियार इजाजत, धरौटी सदरस्याहा तथा अन्य सेवा शुल्कबाट कार्यालयले कूल चार करोड ६६ लाख १७ हजार ६६ राजस्व सङ्कलन गरेको जनाइएको छ ।

    यस्तै, गुनासो व्यवस्थापनतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त १७ मध्ये १५, हेलो सरकारमार्फत आएका एक सय ६५ मध्ये एक सय ६०, ठाडो उजुरीका तीन सय २३ वटै तथा गृह मन्त्रालयबाट प्राप्त ३० वटै गुनासो फछ्र्योट गरिएको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिए ।

    उनले सबै कर्मचारी र सरोकारवालाको सहकार्यका कारण सेवा प्रवाहमा सहजता भएको उल्लेख गर्दै आगामी दिनमा सेवामा थप सुधार र प्रभावकारिताका लागि आन्तरिक तथा बाह्य समन्वयलाई अझ सुदृढ बनाइने बताए ।

    Post Views: 30
    प्रकाशित मिति: २०८३ श्रावण ५, मंगलवार ०९:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.