• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

फिफाले फुटबल उद्योगलाई ध्वस्त पार्ने ला लिगा प्रमुखको आरोप

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ६, बुधबार ०८:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रोम । स्पेनिस फुटबल लिग (ला लिगा)का अध्यक्ष जाभियर टेबासले सन् २०३० को विश्वकपलाई ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे भइरहेको छलफलप्रति असन्तुष्टि जनाउँदै फिफाले गैरजिम्मेवार ढङ्गले निर्णय प्रक्रिया अघि बढाएको आरोप लगाएका छन्।

    इटालीको खेल दैनिक ला ग्याजेटा डेलो स्पोर्ट मा मङ्गलबार प्रकाशित अन्तर्वार्तामा टेबासले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्वमाथि प्रश्न उठाउँदै वर्तमान प्रणालीलाई “आधारभूत रूपमा त्रुटिपूर्ण” भएको टिप्पणी गरे।

    “फुटबल उद्योग भनेको केवल विश्वकप मात्र होइन, त्यो जतिसुकै प्रतिष्ठित प्रतियोगिता भए पनि,” टेबासले भने।

    उनका अनुसार फिफाले करिब ४० दिनसम्म सञ्चालन हुने विश्वकप प्रतियोगितालाई अत्यधिक प्राथमिकता दिँदा वर्षभर सञ्चालन हुने घरेलु लिग र त्यससँग जोडिएको विशाल फुटबल उद्योग प्रभावित भइरहेको छ। उनले घरेलु फुटबलले हजारौँ रोजगारी सिर्जना गर्ने र खेलको आधार मजबुत बनाउने भएकाले त्यसको संरक्षण आवश्यक रहेको बताए।

    गत जुनमा विश्वकप उद्घाटन समारोहका क्रममा फिफा अध्यक्ष इन्फान्टिनोले सन् २०३० को विश्वकपको शताब्दी संस्करणमा सहभागी टोलीको संख्या ६४ पुर्‍याउने विषयमा छलफल भइरहेको जानकारी दिएका थिए। उक्त विश्वकप मुख्य रूपमा स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुनेछ भने केही खेल पाराग्वे, उरुग्वे र अर्जेन्टिनामा पनि खेलाइनेछन्।

    टेबासले व्यस्त अन्तरराष्ट्रिय खेल तालिकाप्रति लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएको उल्लेख गर्दै ६४ टोलीको विश्वकपले फुटबल क्यालेन्डरलाई अझ जटिल बनाउने चेतावनी दिए।

    “घरेलु लिगहरूले नै फुटबललाई जीवन्त बनाइरहेका छन्,” उनले भने। “हामीलाई थप अन्तरराष्ट्रिय प्रतियोगिता होइन, बरु सबै तहमा घरेलु फुटबलको प्रभावकारी संरक्षण आवश्यक छ। तर फिफाले त्यसलाई बेवास्ता गर्दै गैरजिम्मेवार निर्णयहरू गरिरहेको छ।”

    Post Views: 42
    प्रकाशित मिति: २०८३ श्रावण ६, बुधबार ०८:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.