• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

लगातारको वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, कुन–कुन छन् अवरुद्ध ?

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ६, बुधबार ०८:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । देशभर भइरहेको लगातारको वर्षाका कारण प्रमुख राजमार्ग तथा सडक खण्डहरू पहिरो र बाढीका कारण अवरुद्ध भएका छन्।

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार बुधबार बिहान ७ बजेसम्म सिन्धुपाल्चोक, इलाम, बागलुङ, पाँचथर र गोरखा लगायतका क्षेत्रमा सडक पूर्ण रूपमा बन्द छन् भने अन्य केही स्थानमा सुरक्षाका कारण रात्रिकालीन यातायात सेवामा रोक लगाइएको छ।

    बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुलीको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन चलाउन रोक लगाइएको छ। यद्यपि, बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी साधनहरू सुचारु हुनेछन्। त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षातका कारण सवारी सुरक्षालाई ध्यानमा राख्दै रात्रिकालीन समयमा सबै किसिमका सवारी साधन चलाउन रोक लगाइएको छ।

    इलामको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९, राजदुवालीमा वर्षाका कारण बाटो हिलो भई सवारी साधन आवतजावत गर्न नसक्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। तर, उक्त स्थानमा वैकल्पिक बाटो भने प्रयोग गर्न सकिनेछ। सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका-४, जिरोकिलोमा सडक माथिबाट पहिरो खस्दा र सोही गाउँपालिका-२ कोदारीस्थित ईकु पहिरोमा ढुंगा र माटो सहितको लेदो खसेका कारण यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको छ।

    बागलुङस्थित कालीगण्डकी करिडोरको जैमिनी नगरपालिका-८, बेलबगर सडक खण्डमा माथिबाट ढुंगा र माटोसहितको पहिरो खस्दा बाटो पूर्ण रूपमा बन्द भएको छ। त्यसैगरी, पाँचथरको राँके रवि भेडेटार सडक खण्डअन्तर्गत मिक्लाजुङ गाउँपालिका-४, कोप्चेमा अविरल वर्षाका कारण पहिरो झर्दा सडक अवरुद्ध भएको छ भने गोरखाको आरुघाट माछिखोला सडक खण्डअन्तर्गत धार्चे गाउँपालिका-७, लिदिङमा लेदो पहिरो खस्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ।

    बाढी र पहिरोको जोखिम अझै कायम रहेकोले प्रहरीले नागरिकहरूलाई यात्रामा निस्किनुअघि सम्बन्धित सडकको अवस्था बारेमा राम्ररी जानकारी लिन आग्रह गरेको छ।

    Post Views: 34
    प्रकाशित मिति: २०८३ श्रावण ६, बुधबार ०८:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.