• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

जेलेन्स्कीले युक्रेनका सेनाप्रमुखलाई बर्खास्त

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ६, बुधबार १०:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बीबीसी ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशका प्रधानसेनापति ओलेक्सान्द्र सिस्र्कीलाई पदबाट हटाएका छन्। केही दिनअघि रक्षा मन्त्री मिखाइलो फेदोरोभलाई पदमुक्त गरेपछि देशभर विरोध प्रदर्शन भइरहेका बेला सेनाको नेतृत्वमा पनि परिवर्तन गरिएको हो।

    फेदोरोभ र सिस्र्कीबीच लामो समयदेखि रहेको मतभेदका कारण रक्षा मन्त्रालयमा नेतृत्व परिवर्तन हुन सक्ने चर्चा यसअघि नै चलिरहेको थियो। अहिले भएको निर्णयले ती चर्चाको पुष्टि गरेको छ।

    ३५ वर्षीय फेदोरोभले रक्षा मन्त्रालयलाई थप प्रभावकारी बनाउने, सशस्त्र सेनाको आधुनिकीकरण अघि बढाउने तथा भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेका कारण व्यापक प्रशंसा पाएका थिए। अर्कोतर्फ, ६० वर्षीय सिस्र्कीमाथि सोभियत शैलीको नेतृत्वलाई निरन्तरता दिएको र सेनामा आवश्यक सुधार कार्यान्वयन गर्न पर्याप्त इच्छाशक्ति नदेखाएको आरोप लाग्दै आएको थियो।

    सिस्र्कीको स्थानमा ४३ वर्षीय युद्धअनुभवी तथा लोकप्रिय जनरल मिखाइलो ड्रापाटीलाई नयाँ प्रधानसेनापति नियुक्त गरिएको छ। नियुक्तिपछि फेसबुकमार्फत प्रतिक्रिया दिँदै ड्रापाटीले देशको रक्षा गरिरहेका सैनिकप्रति सम्मान व्यक्त गर्दै पूर्ण जिम्मेवारीका साथ आफ्नो दायित्व निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, उनले युक्रेनी सेनालाई सुदृढ बनाउन सिस्र्कीले पुर्‍याएको योगदानको पनि प्रशंसा गरेका छन्।

    Post Views: 43
    प्रकाशित मिति: २०८३ श्रावण ६, बुधबार १०:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.