• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बागमती सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीको सामूहिक राजीनामा

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ६, बुधबार १८:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं -बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामासँगै एमाले सरकारबाट बाहिरिएको छ भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

    केन्द्रीय निर्देशनअनुसार बुधबार एमालेका मन्त्रीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पत्र दर्ता गराएका हुन्।

    एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार सोमबार काठमाडौंमा बसेको संसदीय दलको बैठकले पार्टीको औपचारिक निर्णय नआएसम्म सरकार नछाड्ने निष्कर्ष निकालेको थियो। तर मंगलबार केन्द्रबाट सरकारबाट बाहिरिने निर्देशन आएपछि मन्त्रीहरूले सामूहिक रूपमा पद त्याग गरेका हुन्।

    मन्त्रीहरूले सुरुमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेटेरै राजीनामा बुझाउने तयारी गरेका थिए। तर मुख्यमन्त्री चितवनबाट फर्किन ढिलाइ भएपछि उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै राजीनामा पत्र दर्ता गराएका हुन्।

    एमालेको तर्फबाट बागमती प्रदेश सरकारमा डा. दिनेशचन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा र बिन्दु श्रेष्ठ मन्त्रीका रूपमा कार्यरत थिए।

    नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको थियो। मन्त्रालय पुनर्संरचनापछि एउटै मन्त्रालयमा तीन जनासम्म मन्त्रीलाई विषयगत जिम्मेवारी बाँडेर काम गर्ने व्यवस्था लागू गरिएको थियो।

    तर मन्त्रालय पुनर्गठन भएको एक सातामै कांग्रेस–एमालेबीचको सत्ता सहकार्य अन्त्य भएको छ। एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ।

    यस घटनापछि बागमती प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ।

    Post Views: 44
    प्रकाशित मिति: २०८३ श्रावण ६, बुधबार १८:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.