• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ७, बिहीबार १०:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भद्रपुर (झापा) । मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नीतिगत कमजोरी, निजी सेफ्टी ट्यांकरको कमजोर नियमन तथा पर्याप्त लेदो संकलन हुन नसक्दा केन्द्रहरू अपेक्षाअनुसार सञ्चालन हुन नसकेका हुन् ।

    एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी मन्त्रालय र स्थानीय तहको लागत साझेदारीमा सात वर्षअघि मेचीनगर–१४ दुहागढी र वडा नं ७ भान्सा खोलामा प्रशोधन केन्द्र निर्माण गरिएको थियो ।

    दुहागढीस्थित केन्द्रले दैनिक २७ घनमिटर र भान्सा खोलास्थित केन्द्रले दैनिक १२ घनमिटरसम्म दिसाजन्य लेदो प्रशोधन गर्न सक्ने क्षमता राख्छन् । प्रशोधनपछि लेदोलाई कम्पोस्ट मल र सुरक्षित पानीमा रूपान्तरण गर्ने उद्देश्य राखिएको छ ।

    चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव प्रेमराज घिमिरेले आवश्यक पूर्वाधार, ट्यांकर र जनशक्ति भए पनि सबै लेदो प्रशोधन केन्द्रमै ल्याउने व्यवस्था नहुँदा केन्द्र सञ्चालनमा समस्या भएको बताए। उनका अनुसार सेवा शुल्कबाट उठ्ने आम्दानीले सञ्चालन खर्चसमेत धान्न सकेको छैन ।

    काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यालय प्रमुख दीपकप्रसाद पोखरेलले पनि केन्द्र बन्द नभए पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको र सञ्चालन खर्च आम्दानीभन्दा बढी रहेको जानकारी दिए ।

    मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले निजी सेफ्टी ट्यांकरलाई अनिवार्य रूपमा नगरपालिकामा दर्ता गर्ने, जथाभाबी लेदो विसर्जन गर्नेलाई जरिवाना तथा कानुनी कारबाही गर्ने नीति ल्याइने बताए। उनका अनुसार नगरपालिकाले सरसफाइ तथा दिशाजन्य लेदो व्यवस्थापनसम्बन्धी ऐन र कार्यविधि कार्यान्वयन गर्दै प्रशोधन केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरेको छ ।

    सरसफाइ क्षेत्रका विज्ञहरूले सेप्टिक ट्यांकीबाट निस्कने दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन हुन नसके वातावरण प्रदूषणसँगै जनस्वास्थ्यमा समेत गम्भीर असर पर्ने चेतावनी दिएका छन् ।

    Post Views: 41
    प्रकाशित मिति: २०८३ श्रावण ७, बिहीबार १०:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.