• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाग्मती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ८, शुक्रबार १६:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं ।बाग्मती नदी किनारबाट हटाइएका अव्यवस्थित बसोबास भएका क्षेत्रलाई खुला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने भएको छ।

    ती क्षेत्रमा हरित क्षेत्र, खेलमैदान, पदमार्ग (वाकिङ ट्रेल) तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिने सरकारको योजना छ।

    अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले हटाइएका बस्ती रहेका स्थानमा स्थायी कङ्क्रिट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने खुला क्षेत्र विकास गरिने जनाएको छ।

    समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले नदीको प्राकृतिक बहाव संरक्षण, बाढी व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक प्रयोगका खुला क्षेत्र विकास गर्ने उद्देश्यले छुट्टै गुरुयोजना तयार भइरहेको जानकारी दिए।

    उनका अनुसार उक्त गुरुयोजना अन्य विद्यमान सहरी योजनासँग तालमेल हुने गरी तयार पारिँदैछ। उनले भने, ‘हामी सबै नागरिकको पहुँच हुने खुला सार्वजनिक क्षेत्र निर्माण गर्दैछौँ। यहाँ पदमार्ग, हरित क्षेत्र र खुला मनोरञ्जनस्थल बन्नेछन्, तर स्थायी कङ्क्रिट भवन निर्माण गरिने छैन।’

    महर्जनका अनुसार नदी व्यवस्थापनको उद्देश्य नदीलाई पर्खालभित्र सीमित गर्नु नभई प्राकृतिक बहावका लागि पर्याप्त खुला क्षेत्र सुरक्षित गर्नु हो।

    अत्यधिक वर्षा वा बाढीका बेला नदी सहज रूपमा फैलिन सक्ने गरी खुला पार्क र हरित क्षेत्र विकास गरिने उनले बताए।

    समितिका कार्यकारी समिति अध्यक्ष डा आनन्द सिंह भाटले बाग्मतीलाई बाढी नियन्त्रण, सरसफाइ र हरियालीसँग जोडिएको सार्वजनिक खुला क्षेत्रका रूपमा विकास गरिने बताए।

    उनले भविष्यमा बाग्मती किनारमा हरियाली, खुला खेलमैदान र नागरिकमैत्री वातावरण देख्न पाइने विश्वास व्यक्त गरे।

    बल्खु, बंशीघाट, थापाथली, गैरीगाउँ, सिनामङ्गल र शङ्खमूललगायत क्षेत्रमा हटाइएका बस्तीका अधिकांश भग्नावशेष (डेब्रिस) हटाउने काम लगभग सम्पन्न भइसकेको समितिले जनाएको छ। हटाइएका डेब्रिस र माटोलाई भू–आकृतिअनुसार व्यवस्थित रूपमा मिलाएर प्रयोग गरिएको छ।

    महर्जनका अनुसार बंशीघाट क्षेत्रमा करिब एक मिटर जमिन पुरी घाँसे मैदान (ग्रासल्यान्ड) निर्माणका लागि तयारी गरिएको छ। त्यहाँ खेलकुदका लागि उपयुक्त खुला क्षेत्र विकास गर्नुका साथै वृक्षरोपण गरिनेछ।

    आगामी दिनमा फुटबल मैदान, ब्याडमिन्टन कोर्टलगायत खेलकुद पूर्वाधार निर्माण गर्ने योजना रहेको उनले बताए।

    विश्व निकेतन विद्यालय नजिक प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) निर्माण गर्ने योजना रहेको र बंशीघाट क्षेत्रलाई विद्यालयले खेलकुद प्रयोजनका लागि प्रयोग गर्ने समझदारीसमेत भएको समितिले जनाएको छ।

    बल्खु क्षेत्रमा नदीको बहाव क्षेत्र विस्तारलाई प्राथमिकता दिइने भएको छ। हाल करिब ४० मिटर चौडाइमा सीमित नदीलाई निर्धारित ८० मिटर बहाव क्षेत्रसम्म विस्तार गरी बाँकी भागमा हरित क्षेत्र, खुला पार्क तथा सार्वजनिक उपयोगका पूर्वाधार निर्माण गरिने योजना छ।

    शङ्खमूल क्षेत्रमा खुला खेलमैदान तथा खेलकुद केन्द्र विकास गर्ने अवधारणा अघि सारिएको छ। गैरीगाउँ र सिनामंगल क्षेत्रमा हाल पाँचदेखि १० मिटर चौडाइमा रहेको नदीलाई न्यूनतम ३० मिटर चौडा बनाइनेछ।

    त्यसपछि बाँकी क्षेत्रमा घाँसे मैदान, पार्किङ, प्रतीक्षास्थल, खुला पार्क तथा खेलकुदका संरचना निर्माण गरिने समितिले जनाएको छ।

    थापाथली क्षेत्रमा नदीको बहाव क्षेत्र करिब ६० मिटर पुर्याइनेछ। त्यसपछि करिडोर सडकलाई थापाथली अस्पतालतर्फबाट पुलमुनि हुँदै बंशीघाटसम्म निरन्तर जोड्ने योजना रहेको छ। यस क्रममा सम्पदा र स्मारक क्षेत्रमा असर नपर्ने गरी डिजाइन तयार गरिने समितिले जनाएको छ।

    समितिका अनुसार बल्खुमा रिटेनिङ वाल, नदी किनार व्यवस्थापन र पार्क निर्माणको काम अघि बढाइनेछ। सिनामङ्गल क्षेत्रमा करिडोर सडक, रिभर ट्रेनिङ वाल तथा नदी व्यवस्थापनका आयोजना समानान्तर रूपमा कार्यान्वयन गरिने तयारी छ।

    समितिले गत आर्थिक वर्षमै गुरुयोजनाको प्रस्ताव तयार गरेको थियो। चालु आर्थिक वर्षका लागि नदी व्यवस्थापनका विभिन्न कार्यक्रमअन्तर्गत करिब रु दुई अर्ब बजेट विनियोजन भएको छ।

    सोही बजेटबाट विस्तृत डिजाइन र लागत अनुमान तयार भइरहेको छ। दशैँअघि ठेक्का सम्झौता सम्पन्न गरी निर्माण कार्य सुरु गर्ने लक्ष्य रहेको आयोजना निर्देशक महर्जनले बताए।

    सहरी विकास मन्त्रालयसँगको सहकार्यमा बहुवर्षीय (एमटीएफ) ढाँचाअन्तर्गत आवश्यक बजेट सुनिश्चित गरी तीन वर्षभित्र योजना कार्यान्वयन गर्ने तयारी गरिएको समितिले जनाएको छ।

    सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ‘भिजन काठमाडौं–२०४०’ कार्यान्वयन सुरु गर्ने घोषणा गरेको छ। उक्त योजनाअन्तर्गत काठमाडौं उपत्यकाका नदी करिडोरमा पूर्वाधार, पार्क निर्माण, एकीकृत फोहोरमैला व्यवस्थापन, ढलमुक्त नदी अभियान तथा नदी किनारमा हरियाली प्रवर्धनका कार्यक्रम अघि बढाइने उल्लेख गरिएको छ।

    Post Views: 43
    प्रकाशित मिति: २०८३ श्रावण ८, शुक्रबार १६:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.