• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाँदर धपाउन अर्घाखाँचीमा २६ जना बाँदर हेरालु नियुक्त

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ९, शनिबार १७:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अर्घाखाँची । जिल्लामा बढ्दो बाँदर आतंकका कारण किसानले भोग्दै आएको कृषि क्षति न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय अर्घाखाँचीले २६ जना बाँदर हेरालु नियुक्त गरेको छ।

    डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार प्राप्त ६४ वटा आवेदनमध्ये उमेर, वडा कार्यालयको सिफारिस, प्रभावित क्षेत्रको अवस्था तथा अन्य आवश्यक मापदण्डका आधारमा २६ जना छनोट गरिएको हो। उनीहरूलाई मकै बाली संरक्षणका लागि दुई महिनाका लागि नियुक्त गरिएको छ। हेरालुहरूले मासिक १२ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउनेछन्।

    कार्यालयका अनुसार नियुक्त भएका हेरालुहरूलाई बाँदरबाट बढी प्रभावित जिल्लाका विभिन्न वडामा परिचालन गरिएको छ। उनीहरूको मुख्य जिम्मेवारी खेतीयोग्य जमिन तथा बालीमा क्षति पुर्‍याउन आउने बाँदरलाई सुरक्षित र वातावरणमैत्री तरिकाले धपाउने, स्थानीय किसानसँग समन्वय गर्ने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुर्‍याउने रहनेछ।

    डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख नारायणदेव भट्टराईले यस कार्यक्रमबाट मकै, गहुँ, आलु, तरकारी, फलफूललगायत विभिन्न कृषि बालीमा हुने क्षति कम हुने अपेक्षा गरिएको बताए।

    पछिल्ला वर्षहरूमा अर्घाखाँचीका ग्रामीण क्षेत्रमा बाँदरको संख्या उल्लेख्य रूपमा बढ्दै गएको भन्दै किसानले गुनासो गर्दै आएका छन्। विशेषगरी मकै पाक्ने समयमा बाँदरका झुन्ड खेतबारीमा पस्दा केही घण्टामै महिनौँको मेहनत खेर जाने अवस्था सिर्जना हुने गरेको उनीहरूको भनाइ छ। बाली जोगाउन दिनभर खेतमै बस्नुपर्ने बाध्यतासमेत रहेको किसानहरू बताउँछन्।

    प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार स्थानीय बासिन्दामध्येबाटै हेरालु छनोट गरिएकाले उनीहरूले क्षेत्रको भौगोलिक अवस्था, बाँदरको आवतजावत र किसानका समस्या राम्रोसँग बुझ्ने हुँदा कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।

    हेरालुहरूले तोकिएको अवधिभर नियमित रूपमा प्रभावित क्षेत्रमा निगरानी गर्ने, बाँदरलाई मानवीय तथा वातावरणमैत्री उपाय अपनाएर धपाउने र आवश्यक परे स्थानीय जनप्रतिनिधि तथा वन कार्यालयसँग समन्वय गरी काम गर्नेछन्। उनीहरूको कार्यसम्पादनको नियमित अनुगमनसमेत गरिने डिभिजन वन कार्यालयले जनाएको छ।

    कृषि नै मुख्य पेशा भएका अर्घाखाँचीका धेरै परिवारका लागि बाँदर आतंक ठूलो चुनौती बनेको छ। विशेषगरी पहाडी बस्तीका किसानले मकै, आलु, तरकारी र फलफूल खेतीमा ठूलो क्षति व्यहोर्दै आएका छन्। कतिपय स्थानमा बाँदरको त्रासका कारण खेतीयोग्य जमिन बाँझै छोड्नुपर्ने अवस्था समेत देखिएको छ। यस्तो परिस्थितिमा बाँदर हेरालु नियुक्त गर्ने निर्णयलाई स्थानीयले सकारात्मक कदमका रूपमा स्वागत गरेका छन्।

    यद्यपि किसानहरूले दीर्घकालीन समाधानका लागि वन्यजन्तु व्यवस्थापन, बासस्थान संरक्षण, कृषि सुरक्षा प्रविधिको विस्तार, क्षतिपूर्ति व्यवस्था तथा प्रभावकारी सरकारी नीति आवश्यक रहेको बताएका छन्।

    डिभिजन वन कार्यालय अर्घाखाँचीले भने यो कार्यक्रम किसानलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको स्पष्ट पार्दै यसको प्रभावकारिता मूल्याङ्कनपछि आवश्यकताअनुसार आगामी दिनमा थप योजना अघि बढाइने जनाएको छ।

    Post Views: 45
    प्रकाशित मिति: २०८३ श्रावण ९, शनिबार १७:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.