• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १०, आईतवार ०९:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा लगातार दुई खेलमा हार बेहोरेको नेपालले सोमबार नामिबियाविरुद्ध मैदान उत्रिँदै छ। नेपाल र नामिबियाबीचको खेल नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ।

    शृंखलाको सुरुवाती दुई खेलमा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा अपेक्षित प्रदर्शन गर्न नसक्दा लगातार पराजय भोगेको हो। पहिलो खेलमा नामिबियासँग ८ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भयो।

    पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल जेजे स्मिथको घातक बलिङसामु निरीह बन्यो। नेपाली टोली १५८ रनमा समेटिएपछि नामिबियाले उक्त लक्ष्य ३७.४ ओभरमा मात्र दुई विकेट गुमाएर सहज रूपमा भेट्टाएको थियो।

    दोस्रो खेलमा पनि नेपालको प्रदर्शनमा खास सुधार देखिएन। नेपालले फेरि १५८ रनको लक्ष्य प्रस्तुत गरे पनि नेदरल्यान्ड्सले ३५ ओभरमै चार विकेट गुमाएर लक्ष्य पूरा गर्दै लगातार दोस्रो जित दर्ता गर्यो।

    लगातार दुई हारपछि नेपालमाथि अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ। विश्वकपको ग्लोबल क्वालिफायरमा शीर्ष चारभित्र रहँदै सिधै स्थान बनाउन नेपालको सम्भावना कमजोर बन्दै गएको छ।

    हालसम्म ३० खेल खेलेको नेदरल्यान्ड्स ३६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। नेपाल र नामिबियाले समान ३० खेलबाट २४–२४ अंक जोड्दै क्रमशः पाँचौं र छैटौं स्थान ओगटेका छन्।

    नेपालले सोमबार नामिबियासँग प्रतिस्पर्धा गरेपछि बुधबार शृंखलाको अन्तिम खेलमा पुनः नेदरल्यान्ड्ससँग खेल्नेछ। विश्वकप छनोटको सम्भावना जीवित राख्न नेपालका लागि अब बाँकी सबै खेल जित्नु अनिवार्यजस्तै बनेको छ।

    Post Views: 37
    प्रकाशित मिति: २०८३ श्रावण १०, आईतवार ०९:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.