• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सुनसरीको देवानगञ्जमा दुई समुदायबीच झडप, प्रहरीको गोली लागेर एकको मृत्यु ,१३ सुरक्षाकर्मी घाइते

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ११, सोमबार ०७:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति दुई समुदायबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बोलबम यात्राका क्रममा हिन्दू धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगन्ज चोकतर्फ जाँदै थिए। सो क्रममा डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिले विरोध जनाएपछि विवाद चर्किँदै झडपमा परिणत भएको थियो।

    घटनाको जानकारी पाएपछि प्रहरी चौकी कप्तानगन्जबाट प्रहरी निरीक्षक प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले दुवै पक्षलाई सम्झाइ–बुझाइ गरी अवस्था नियन्त्रणमा ल्याउने प्रयास गरेको थियो। तर, दुवै समूह आक्रामक बनेपछि स्थिति थप तनावग्रस्त बनेको र भीड नियन्त्रणका लागि प्रहरीले गोली चलाउनुपरेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार प्रहरीको गोली लागेर घाइते भएका देवानगञ्ज गाउँपालिका–४ निवासी ३० वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

    झडपका क्रममा नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना प्रहरी घाइते भएका छन्। प्रहरी निरीक्षक राईको टाउकोमा चोट लागी ५ टाँका लगाइएको छ भने अन्य घाइते प्रहरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बलतर्फ पनि ५ जना सुरक्षाकर्मी घाइते भएका छन्।

    प्रहरीका अनुसार झडपका क्रममा कप्तानगन्ज बजार क्षेत्रमा रहेका घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनीसमेत भएको छ। घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

    Post Views: 43
    प्रकाशित मिति: २०८३ श्रावण ११, सोमबार ०७:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.