• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

डढेलोबाट स्पेनमा ‘अतुलनीय’ प्राकृतिक क्षति

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ११, सोमबार ०८:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    म्याड्रिड । स्पेनका राजा फिलीप छैठौँले म्याड्रिड आसपास र देशका अन्य क्षेत्रमा फैलिएको भीषण डढेलोले राष्ट्रको प्राकृतिक सम्पदामा अपूरणीय क्षति पुर्‍याएको बताएका छन्।

    करिब एक सातादेखि जारी डढेलोका कारण म्याड्रिड, आभिला, टोलेडो र पूर्वी क्षेत्र क्यास्टेलोन प्रभावित भएका छन्। सुरक्षा जोखिम बढेपछि यी क्षेत्रबाट करिब ७५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन्।

    राजधानी म्याड्रिडमा विस्थापितहरूका लागि बनाइएको अस्थायी आश्रयस्थलको भ्रमणपछि सञ्चारकर्मीसँग कुरा गर्दै राजा फिलीपले धेरै परिवारले ठूलो पीडा भोग्नुपरेको बताए।

    “कतिपय मानिस चार दिनदेखि घर फर्किन सकेका छैनन्, धेरैले आफ्नो सम्पत्ति गुमाएका छन्। सामूहिक रूपमा हामीले अमूल्य प्राकृतिक सम्पदा गुमाएका छौँ,” उनले भने।

    राजा फिलीपले डढेलो नियन्त्रणका लागि सरकारले सबै उपलब्ध स्रोत परिचालन गर्दै निरन्तर प्रयास गरिरहेको जानकारी आफूले पाएको पनि बताए।

    यसअघि प्रधानमन्त्री पेद्रो सान्चेजले डढेलो नियन्त्रणमा खटिएका टोलीहरूले नागरिकको ज्यान जोगाउन कठिन परिस्थितिमा काम गरिरहेको बताएका थिए। उनले तापक्रम केही घटे पनि हावाको गति बढ्न सक्ने पूर्वानुमानका कारण आगामी घण्टाहरू चुनौतीपूर्ण रहने चेतावनी दिए।

    “हाम्रो पहिलो प्राथमिकता नागरिकको ज्यान बचाउनु र बस्तीहरू सुरक्षित राख्नु हो। यही हाम्रो मुख्य लक्ष्य हो,” सेनिसिएन्तोस गाउँको भ्रमणका क्रममा प्रधानमन्त्री सान्चेजले भने।

    अधिकारीहरूले यो डढेलोलाई उक्त क्षेत्रको इतिहासकै सबैभन्दा भीषणमध्ये एक बताएका छन्। राजधानीको पश्चिमी क्षेत्रमा बाक्लो खरानीमिश्रित धुवाँले आकाश ढाकेको छ भने डढेको गन्ध म्याड्रिडको केन्द्रसम्म फैलिएको छ। धुवाँका कारण धेरै बासिन्दाले घाँटी पोल्ने र चिलाउने समस्या भोगिरहेका छन् भने स्वास्थ्य सुरक्षाका लागि झ्याल–ढोका बन्द राख्न आग्रह गरिएको छ।

    यद्यपि रातभरको प्रयासपछि केही क्षेत्रमा आगो नियन्त्रणतर्फ प्रगति भएको अधिकारीहरूले बताएका छन्। तर तीव्र हावा र प्रतिकूल मौसमका कारण डढेलो पूर्ण रूपमा नियन्त्रणमा लिन अझै कठिनाइ रहेको जनाइएको छ।

    Post Views: 36
    प्रकाशित मिति: २०८३ श्रावण ११, सोमबार ०८:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.