• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ११, सोमबार ०८:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा लगातार दुई हार बेहोरेको नेपालले सोमबार तेस्रो खेलमा नामिबियाको सामना गर्दै पुनरागमनको प्रयास गर्नेछ।

    नेपाल र नामिबियाबीचको खेल सोमबार दिउँसो ४:४५ बजे सुरु हुनेछ। नेदरल्यान्ड्स र नामिबियाविरुद्धका सुरुआती दुवै खेलमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपाल पराजित भएको थियो।

    लगातारको हारले लिग–२ को अंकतालिकामा नेपालको अवस्था थप दबाबपूर्ण बनेको छ। शीर्ष चारभित्र रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा सिधै स्थान बनाउने लक्ष्य अब निकै कठिन देखिएको छ।

    पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल नामिबियाका जेजे स्मिथको उत्कृष्ट बलिङसामु टिक्न सकेन र १५८ रनमा समेटियो। नामिबियाले उक्त लक्ष्य ३७.४ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्दै आठ विकेटको सहज जित दर्ता गरेको थियो।

    दोस्रो खेलमा पनि नेपालले नेदरल्यान्ड्सविरुद्ध १५८ रनकै लक्ष्य प्रस्तुत गरेको थियो। तर घरेलु टोलीले ३५ ओभरमै चार विकेट गुमाएर लक्ष्य भेट्टाउँदै ६ विकेटको जित निकाल्यो।

    यता, नेदरल्यान्ड्सले शृंखलामा लगातार दोस्रो जित पनि हासिल गरिसकेको छ। नेपाललाई हराएपछि शनिबार नामिबियालाई ५८ रनले पराजित गर्दै नेदरल्यान्ड्सले ३० खेलबाट ३६ अंक जोडेको छ र अंकतालिकाको तेस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ।

    समान ३० खेल खेलेका नेपाल र नामिबियाको समान २४ अंक छ। नेपाल पाँचौँ तथा नामिबिया छैटौँ स्थानमा छन्।

    नेपालले सोमबार नामिबियासँग खेलिसकेपछि बुधबार शृंखलाको अन्तिम खेलमा फेरि नेदरल्यान्ड्सको सामना गर्नेछ। विश्वकप ग्लोबल क्वालिफायरमा सिधै स्थान बनाउने सम्भावना जीवित राख्न नेपाललाई अब बाँकी सबै खेल जित्नुपर्ने दबाब रहेको छ।

    Post Views: 43
    प्रकाशित मिति: २०८३ श्रावण ११, सोमबार ०८:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.