• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ११, सोमबार ०९:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ढाका । बङ्गलादेशमा नयाँ राष्ट्रपति चयनको प्रक्रिया सेप्टेम्बरमा अघि बढ्ने भएको छ। संविधानअनुसार राष्ट्रपतिको पद रिक्त भएपछि ९० दिनभित्र नयाँ राष्ट्रपति निर्वाचित गर्नुपर्ने व्यवस्था रहेकाले संसद्को आगामी अधिवेशनबाट नयाँ राष्ट्रपतिको निर्वाचन गरिने कानुनमन्त्री मो. असादुज्जामानले बताएका छन्।

    उनका अनुसार संसद्को दोस्रो अधिवेशन जुलाई १५ मा समाप्त भएको थियो र संविधानबमोजिम तेस्रो अधिवेशन दुई महिनाभित्र, अर्थात् सेप्टेम्बर १४ सम्म आह्वान गर्नुपर्नेछ। सोही अधिवेशनमा राष्ट्रपतिको निर्वाचन हुने अपेक्षा गरिएको छ।

    संसद् सचिवालयले सभामुख हाफिज उद्दिन अहमदले राष्ट्रपति मोहम्मद शहाबुद्दिन चुप्पुको राजीनामापछि संविधानअनुसार राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेको पुष्टि गरेको छ।

    राष्ट्रपतिका प्रेस सचिव मोहम्मद सरवार आलमका अनुसार शहाबुद्दिनले स्वास्थ्य अवस्था गम्भीर बनेको उल्लेख गर्दै सभामुखसमक्ष राजीनामा बुझाएका हुन्।

    बङ्गलादेशको संविधानअनुसार संसद्का सदस्यहरू नै राष्ट्रपतिको निर्वाचनका मतदाता हुन्छन्। हाल प्रधानमन्त्री तारिक रहमान नेतृत्वको बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को संसद्मा स्पष्ट बहुमत रहेकाले उक्त दलका उम्मेदवार नै देशको अर्को राष्ट्रपति बन्ने सम्भावना बलियो मानिएको छ।

    Post Views: 56
    प्रकाशित मिति: २०८३ श्रावण ११, सोमबार ०९:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.