• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १२, मंगलवार ०८:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । डा. गोविन्द केसीले सरकारसँग पाँचबुँदे सहमति भएपछि आफ्नो अनसन तोडेका छन्।

    बिहीबारदेखि धनगढीमा आमरण अनसनमा बसेका डा. केसीसँग वार्ता गर्न सरकारी टोली शनिबार धनगढी पुगेको थियो। वार्तापछि सहमति जुटेपछि उनले गौमुल गाउँपालिका–२, बाजुराका चक्रबहादुर धामीको हातबाट जुस पिएर अनसन अन्त्य गरेका हुन्। धामी धनगढीस्थित अस्पतालमा उपचाररत ८ वर्षीय सुदीप कोइरालाका कुरुवा (भिनाजु) हुन्।

    सहमतिअनुसार, शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा अन्तर्गत ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाइने भएको छ। एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक फ्याकल्टी, जनशक्ति भर्ना, पाठ्यक्रम स्वीकृतिलगायतका तयारी पनि शीघ्र पूरा गरिने सहमतिमा उल्लेख छ।

    यस्तै, अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण खरिद तथा अन्य पूर्वाधारको काम तत्काल अघि बढाइनेछ।

    सहमतिमा विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्था संशोधनको विषय पनि समेटिएको छ। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ मा पदाधिकारीको योग्यता, नियुक्तिलगायतका विषय संशोधन गर्न आवश्यक प्रस्ताव संघीय संसद्को चालु अधिवेशनभित्रै, अर्थात् तीन महिनाभित्र, पेश गरिने उल्लेख गरिएको छ।

    त्यसैगरी, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४७ अनुसार चिकित्सा शिक्षण संस्थालाई क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थाका रूपमा सञ्चालन गर्ने प्रावधान कार्यान्वयनबारे अध्ययन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले उच्चस्तरीय कार्यदल गठन गर्ने प्रस्ताव सरकारसमक्ष पेश गर्ने सहमति भएको छ। उक्त कार्यदलले छ महिनाभित्र राय–सुझावसहितको प्रतिवेदन बुझाउनेछ।

    Post Views: 64
    प्रकाशित मिति: २०८३ श्रावण १२, मंगलवार ०८:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.